सरकारले गरेको विकास देख्न नसक्ने छटपटाए : प्रवक्ता श्रेष्ठ

0
33

सर्लाही, २२ फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले गरेको विकास निर्माण देखेर विपक्षी अत्तालिएको बताएका छन् ।

नेता श्रेष्ठले सरकार देश विकासको काममा तीव्र गतिमा हुन थालेको बताए ।

उनले देशको विकासमा कसैले भाँजो हाल्ने काम गरेमा त्यस्तो कार्य आफूहरुको लागि स्वीकार्य नहुने बताए ।

भ्रातृत्व, मित्रता र सामाजिक एकताका लागि खेल क्षेत्र एक महत्वपूर्ण क्षेत्र रहेको बताए ।

वाग्मती नगरपालिका–११ मा आजदेखि सुरु भएको प्रदेश २ कै सर्वाधिक धनराशिको चोथौ राजर्षि जनक कप फुटबल प्रतियोगिताको उद्घाटनका अवसरमा नेता श्रेष्ठले राष्ट्रिय एकता तथा भ्रातृत्व जगाउने काम खेल क्षेत्रले गर्ने उनले बताए ।

खेलाडीले देशको इज्जत, प्रतिष्ठा जोगाउने काम गरेको भन्दै खेलाडीलाई सम्मान गर्ने काममा नेपाल सरकार लागिपरेको उनले उल्लेख गरे ।

नेकपा सर्लाहीका इञ्चार्ज डाचाराज वाग्लेले राजनीति मुक्त खेल क्षेत्र बनाउन आग्रह गरे ।

वाग्मती युवा क्लबको आयोजनामा आजबाट शुरु भएको प्रतियोगिता चैत २ गतेसम्म चल्ने छ ।

The post सरकारले गरेको विकास देख्न नसक्ने छटपटाए : प्रवक्ता श्रेष्ठ appeared first on Koshi Online.

सौराहाको आँगनीमा हुर्कंदै गरेका पुष्पा र अन्जलीको कथा

Previous articleनिकुञ्जका जनावर र स्थानीयको व्यवस्थापनबारे संसदीय समितिमा छलफल
Next articleनेकपा विराटनगरको विभिन्न वडा कमिटीको सपथ हुँदै