काठमाडौं महानगरका वडाध्यक्ष रिजालको डेंगी संक्रमणबाट निधन

0
4
Five cats looking around a field.

काठमाडौं- काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उहाँको आज बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको वडासचिव प्रकाश खड्काले जानकारी दिनुभयो ।

डेंगी संक्रमणपछि गत शुक्रबार धापासीस्थित ग्रान्डी अस्पतालमा रिजाललाई भर्ना गरिएको थियो । उपचारमा संलग्न चिकित्सकले पनि रिजालको निधनको पुष्टि गरेका छन् ।

रिजाल गत स्थानीय तह निर्वाचनमा ४००५ मतका साथ अध्यक्षमा विजयी हुनुभएको थियो । उहाँले नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरलाई पराजित गर्नुभएको हो ।

काठमाडौं क्षेत्र नम्बर-७ का सभापतिसमेत रहनुभएका रिजाल दोस्रो पटक वडाध्यक्षमा निर्वाचित हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0