शिक्षा र व्यवस्थापन संकायका लागि भीमोदयमा ६ कोठेपक्की भवन निर्माण सम्पन्न

0
25
Five cats looking around a field.

कालिका, २१ भदौं । कालिकाको भीमोदय नमुना माध्यमिक विद्यालय परिसरमा संघीय अनुदानमा बनेको ६ कोठे पक्की भवनको निर्माण कार्य सम्पन्न भएको छ । कालिका नगरपालिकाको पहलमा संघीय सरकारले विनियोजन गरेको १ करोड रुपैयाँको बजेट विनियोजन भएकोमा करिब ८३ लाखमा टेन्डसर मार्फत ६ कोठे पक्की भवन निर्माण भएको हो । निमार्ण सम्पन्न भएको भवनमा शिक्षा र व्यवस्थापन समूहका ६ वटा सेक्सन पढाईहुने विद्यालयले जनाएको छ ।

स्थानीय कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले विहीवार भवनको उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै नगर प्रमुख रेग्मीले शिक्षा क्षेत्रको विकासलाई नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । भीमोदय नमुना माध्यमिक विद्यालयको गतिविधिलाई नगरपालिकाले नजिकवाट नियालिरहेको बताउनुभयो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएको नगर प्रमुख रेग्मीले शैक्षिक क्षेत्रमा भीमोदयको योगदान प्रशंसागर्न लायक रहेको बताउनुभयो ।

नगरक्षेत्रभित्रका हरेक विद्यालयलाई भीमोदय नमुना विद्यालय जस्तै बनाउन चाहेको उहाँले बताउनुभयो । भीमोदयलाई प्रदेश स्तरको नमुना विद्यालय बनाउन योगदान दिने शिक्षक, कर्मचारी, व्यवस्थापन समिति, विद्यार्थी लगायत सबैको योगदानलाई प्रशंसागर्नुभयो ।

नगर प्रमुख रेग्मीले विद्यार्थीहरुलाई सम्बृद्ध कालिका नगरपालिका बनाउनका लागि सहयोग गर्न आग्रह गर्नुभयो । ’तपाईहरुको दैनिक कृयाकलाप र आँचरणले कालिका नगरपालिका सम्बृद्ध बन्ने कुरामा निर्धारण गर्छ ’नगरप्रमुख रेग्मीले भन्नुभयो –सम्बृद्ध कालिका बनाउन तपाईहरुलेपनि आजैदेखि योगदान दिनुस । लागुऔष दुव्र्यसनी जस्ता गतिविधि बढ्दै गएकाले यसलाई रोकथामगर्न विद्यार्थीहरुले सहयोगगर्न सक्ने उहाँले बताउनुभयो ।–‘कुलतवाट आफुपनि बच्ने साथीहरुलाई पनि बचाउन विद्यार्थीहरुले सक्नेछन’ उहाँले भन्नुभयो ।

नगरक्षेत्रमा अझैपनि बाल विवाहका घटनाहरु भइरहेकाले यसलाई रोक्न विद्यार्थीहरुले सहयोगगर्नुपर्ने उहाँले बताउनुभयो । बालविवाह अपराध हो, यसोगर्नुहुँदैन भनेर सम्झाउने बुझाउने दायित्व तपाई सबै विद्यार्थीहरुको पनि हो उहाँले भन्नुभयो – बाल विवाह रोक्न तपाईहरुको सहयोगको खाँचो छ ।

विद्यालय व्यवस्थान समिति सदस्य गोपालजी गुप्ताले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक इन्द्र पौडेलले भीमोदयले स्वर्णजयन्ती मनाउने तयारीमा जुटेको जानकारी दिनुभयो । तत्कालिन पदमपुर गाविस पारी पदमपुरमा २०२७ सालमा स्थापना भएको विद्यालयले २०७७ ०७८ मानै स्वर्णजयन्ती मनाउनुपर्ने थियो । कोभिड लगायत विभिन्न कारणले स्थगीत हुँदै आएको कार्यक्रमलाई यो वर्षको पौष १३ गते विद्यालयले स्वर्णजयन्ती मनाउने तयारी गरिएको जानकारी दिनुभयो । शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान दिँदै आएको भीमोदय अहिले नमुना माध्यमिक विद्यालयको रुपमा परिचय बनाएको छ ।

विद्यालय प्रधानाध्यापक पौडेलले सबैको सहयोगबाट विद्यालयले जिल्लामै राम्रो छाप बनाउन सफल भएको बताउनुभयो । विद्यालय भौतिक पूर्वाधार सम्पन्न बन्दै गएको भएपनि केही सानातिना समस्याले अझै व्यवस्थानमा समस्या देखिएको उहाँले बताउनुभयो । विद्यालयमा सभाहलको अभाव छ । यस्तै कम्पाण्डिङगर्नुपर्ने छ, विद्यालयको मूख्य प्रवेशद्धार(गेट) जीर्ण भएकाले अझै रचनात्मक कामगर्न कठिनाई भएको प्रधानाध्यापक पौडेलले बताउनुभयो ।

कार्यक्रममा १ लाख ३१ हजार ५०० रुपैयाँ छात्रवृत्ति समेत वितरण गरिएको थियो । कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो । विद्यालयका प्रधानाध्यापक इन्द्र पौडेलका अनुसार २ सय ४३ जना दलित छात्रछात्रालाई ४०० रुपैयाँका दरले र ५२ जना अति सिमान्तकृत समुदायका विद्यार्थीहरुलाई प्रति विद्यार्थी ५०० रुपैयाँको दरले छात्रवृत्ति वितरण गरिएको हो ।

कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष एवम सामाजिक विकास समिति संयोजक मकरमान श्रेष्ठ, वडा नं. ५ का वडा अध्यक्ष दीपक वहादुर भट्टराई, नगरपालिकाको शिक्षा अधिकृत चन्द्रादेवी शर्मा लगाएतका अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष अमृत श्रेष्ठको अध्यक्षतामा आयोजना गरिएको हो ।

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0