मेट्स इन्टरनेशनलले मनायो १५औ वार्षिकोत्सव ।

0
6
Five cats looking around a field.

भाद्र २१, चितवन – बिगत १५ वर्ष देखि शैक्षिक परामर्शको क्षेत्रमा निरन्तर रुपमा कृयाशिल रहदै आइरहेको मेटस इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेज चितवनले देबघाटधाम स्थित रामजानकी बालिका आश्रममा खाध्यान्न सामग्री हस्तान्तरण गरेको छ ।

वि .स २०६४ सालमा काठमाडौंको पुतलिसडकमा मुख्य कार्यालय स्थापना गरि आफ्नो सेवा शुभारम्भ गरेको यस एजुकेशनले चितवनमा २०६५ साल भाद्र २१ गते विधिवत रुपमा पहिलो शाखा चितवनमा स्थापना गरेको थियो। शहीदचोक नारायणगढ स्थित मेट्स इन्टरनेशनलको १५ औ वार्षिकोत्सवको अवसरमा सो खाध्यान्न सामग्री हस्तान्तरण गरेको हो ।

मेट्स इन्टरनेशनलले संसारभरि जस्तो सुकै परिस्थिति रहँदा पनि संख्याको आधारमा भन्दा पनि गुणस्तरीयताको आधारमा बिद्यार्थीहरुको शैक्षिक स्तर, भाषा परिक्षाको नतिजा तथा परिवारको आर्थिक अवस्थाको आधारमा सहि कलेज र बिश्वविद्यालय तथा सम्बन्धित विषयको माथिल्लो तहका लागि सहि परामर्श दिदै आएको छ।

उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया,क्यानडा र बेलायत लगायतका बिभिन्न देशहरु जान चाहने बिद्यार्थीहरुलाई शैक्षिक परामर्श, भर्ना प्रकृया सहजीकरण, भिसा आवेदनमा सहयोग गर्नुका साथै आइएलटिएस र पिटिइका कक्षाहरु सन्चालन गर्दै आइरहेको मेट्स इन्टरनेशनलले स्थापनाकाल देखि नै समाजसेवाको क्षेत्रमा समेत उल्लेखनीय भूमिका निर्वाह गर्दै आइरहेको मेटस इन्टरनेशनल,चितवनका म्यानेजर प्रकाश पौडेलले बताउनु भयो।

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0