चीनको सीमा क्षेत्र तिंकरमा सशस्त्रको बीओपी स्थापना

0
4
चीनको सीमा क्षेत्र तिंकरमा सशस्त्रको बीओपी स्थापना
Five cats looking around a field.

दार्चुला- दार्चुलामा चीन सीमा क्षेत्रमा सशस्त्र प्रहरीले बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरी आफ्नो सुरक्षा उपस्थिति जनाएको छ । भारतसँगको सीमामा सुरक्षा उपस्थिति रहेको सशस्त्र प्रहरीले पहिलो पटक चीन सीमामा पनि सुरक्षा उपस्थिति जनाएको हो ।

दार्चुलाको व्याँस गाउँपालिका–१ तिंकरको छ्यालेकमा स्थापना गरिएको बीओपीको शुक्रबार एक कार्यक्रमका बीच सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) बंशीराज दाहाल र दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ ।

कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रको भूगोलमा सशस्त्र प्रहरीको उपस्थिति बढ्दै गएको बताउँदै सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले तिंकर बीओपीले सीमा सुरक्षा, सीमा अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

तिंकरमा स्थापना गरिएको बोर्डर आउट पोष्टको सुरक्षार्थ सशस्त्र प्रहरी निरीक्षक जनक पौडेलको कमाण्डमा २० जनाको टोली खटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति डम्बर बहादुर विष्टले बताउनुभयो ।

भारत र चीन सँग सीमाना जोडिएको दार्चुला जिल्लामा एउटा गण, एउटा गुल्म, ६ ओटा बिओपीबाट सशस्त्र प्रहरीले सुरक्षा गरिरहेको छ भने भारतसँग सीमा जोडिएका ७ ओटा झोलुंगे पुलमा सुरक्षा पोष्ट राखेर निगरानी गरिरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0