रत्ननगर- रत्ननगर नगरपालिका वडा १५ माधवपुरमा फुटवल प्रतियोगिता हुने भएको छ । माधवपुर फुटबल क्लवको आयोजनामा प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिता अशोज २ गतेबाट शुरु गरिने खेल संयोजक बिक्रम बस्नेतले जानकारी दिए ।
प्रतियोगितामा ३५ सय टिम दर्ता शुल्क राखिएको छ प्रतियोगितामा भाग लिने टिमले यहि अशोज ३१ गते बेलुकी ५ बजे सम्म टिम दर्ता गराई सक्नु पर्ने संयोजक बस्नेतले बताए ।

प्रतियोगितामा प्रथम हुने टिमलाइ ३३,३३३ ट्रफी, मेडल र प्रमाणपत्र र दोस्रो हुनेलाई १५,५५५ ट्रफी, मेडल र प्रमाणपत्र दिईने छ ।
प्रतियोतिामा उत्कृष्ट खेलाडी, गोलकिपर र सर्बाधिक गोलकर्तालाइ नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
टिम दर्ताको लागि अरुण थिङ र सुरज पन्तलाइ ९८६५१८१३१० र ९८४५५९०४२० मा सम्पर्क गर्न सकिने छ ।
