मकवानपुर- सशस्त्र प्रहरी बलको टोलीले हेटौँडामा ठूलो परिणाममा गााँजा बरामद गरेको छ । एन एल ०१ एसी २१४४ नम्बरको भारतीय ट्रकबाट प्रहरीले ९ सय १९ किलो लागुऔषध गाजा बरामद गरेको हो ।
गाँजासहित भारत बलरामपुर विर्तापुरका चालक दुलारे यादब र सहचालक योगेश बर्मा पक्राउ परेको सशस्त्र प्रहरी बल १४ नम्बर गण, हेड क्वार्टर मकवानपुरका प्रहरी उपरिक्षक ( एसपी) अनिल कार्कीले बताउनुभयो ।

ट्रकको भित्री भागमा २ फिटको फल्स बटन बनाई गाजा लुकाएर ल्याएको अवस्थामा बरामद गरिएको एसपी कार्कीले बताउनुभयो ।

भारतबाट मकै लिएर चितवन आएको ट्रक मकै अनलोड पछि चितवनको खुरखुरेबाट गाँजा लोड गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी कार्कीले बताउनुभयो । पक्राउ परेका व्यक्ति, बरामद गाजा र ट्रक नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया अघि बढाइएको एस.पी कार्कीले जानकारी दिनुभयो ।