१५ वर्षिया किशोरी १० हजार भारुमा बेचिइन्, स्तन बढाउन सुई र औषधि प्रयोग

0
935
Five cats looking around a field.

काठमाडौँ,
१५ वर्षीया नेपाली बालिकालाई भारतमा लगेर बेचको आरोपमा एक महिला पक्राउ परेकी छन् । मानव बेचबिखन अनुसन्धान ब्यूरोले नुवाकोट सुर्यगढी–६ का कान्छिमाया तामाङ भनिने कृष्णमाया लामालाई पक्राउ गरेको हो ।

ब्यूरोका अनुसार लामाले २०७६ माघमा आफ्नै नातेदार पर्ने तर कमजोर आर्थिक अवस्था भएकी १५ वर्षे बालिकालाई दिल्ली पुर्‍याएर बेचेकी थिइन् । तामाङले १० हजार रुपैयाँ भारुमा भारतको मधुन भन्ने स्थानको कोठीमा बेचेको अनुसन्धानका क्रममा खुलेको छ । ती बालिकालाई कोठी सञ्चालकले युवती बनाउन एक महिनासम्म कोठामा बन्धक बनाएर सुई र औषधि प्रयोग गरेका समेत अनुसन्धानमा खुलेको छ ।

लामाले काठमाडौँको एक होटलमा काम गरिरहेकी ती बालिकालाई गाउँमा काम लगाइदिने भन्दै भारतको नयाँ दिल्ली पुर्याएकी थिइन् । अहिले २१ वर्ष पुगेकी उनले एक नेपाली ग्राहकलाई आफ्नो समस्या राखेपछि उनलाई त्यहाँबाट माइती नेपालको नेपालगञ्ज शाखा कार्यालयबाट उद्धार गरिएको हो ।

उद्धारपछि उनले प्रहरीलाई जाहेरी दिएपछि बेचबिखनमा संलग्न कृष्णमाया लामा पक्राउ परेकी हुन् । ब्यूरोका अनुसार फरार अभियुक्त नुवाकोट–६ का ४२ वर्षीया शेरबहादुर लामाको खोजी भइरहेको छ ।

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0