अग्नि सापकोटा सभामुखमा निर्विरोध, १२ माघमा औपचारिक घोषणा

0
31

काठमाडौं, ७ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अग्नि सापकोटा सभामुखमा निर्विरोध भएका छन् ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुर्व्यहार प्रकरणमा मुछिएपछि रिक्त सभामुख पदका लागि आज उम्मेदवारी मनोनयन दर्ता भएको थियो । जसमा, अन्य दलबाट मनोनयन दर्ता नगरेपछि उनी निर्विरोध निर्वाचित हुने पक्का भएको हो ।

अब यसको औपचारिक घोषणा भने १२ माघमा हुनेछ ।

सोही दिन बस्ने प्रतिनिधिसभाको बैठकमा अरु कसैको उम्मेदवारी नपरेकोले सापकोटा निर्विरोध चयन भएको घोषणा हुनेछ ।

The post अग्नि सापकोटा सभामुखमा निर्विरोध, १२ माघमा औपचारिक घोषणा appeared first on Koshi Online.

स्थानीय तहले आइतबार बजेट प्रस्तुत गर्दै

Previous articleमनाङे भन्छन् : ठूलो कुरो गर्‍यो, हान्दिएँ
Next articleसवारी लाइसेन्स बनाइदिन्छु भनी पैसा लिने दुई जना समातिए