कोरोना टेस्टको रिपोर्ट नआउँदै आइसोलेसन वार्डबाट भागे दुईजना

0
25

३० चैत, काठमाडौं । डडेल्धुरास्थित डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डमा कोराना भाइरसको आशंकामा भर्ना भएका दुईजना भागेका छन् । शनिबार अपरान्ह उनीहरु अस्पतालबाट भागेका हुन् । अस्पतालकाअनुसार भाग्नेमा करिब ४० वर्षीया महिला र १९ वर्षीय पुरुष छन् । कोभिड-१९ को आशंकामा चैत २५ गते उनीहरु अस्पतालमा भर्ना भएका थिए । दुवै जनामा ज्वरो र सुख्खा खोकी पाइएपछि कोरोना संक्रमणको आशंकामा सोही दिन स्वाब परीक्षणका लागि नमूना संकलन गरेको अस्पतालले जनाएको छ ।

चैत २६ गते परीक्षणका लागि अस्पतालले दुवै जनाको स्वाब काठमाडौं पठाएको थियो ।अस्पतालले दिएको जानकारी अनुसार ७ जनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको भएपनि उनीहरुको मात्र रिपोर्ट आउन बाँकी छ । आइसोलेसन वार्डमा रहेका दुवै जनाले अस्पताललाई कुनै जानकारी नदिइ भागेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीशचन्द्र विष्टले अनलाइनखबरलाई जानकारी दिए ।

लकडाउनमा खटिने सुरक्षाकर्मीलाई किसानले खुवाए दूध

दाङ. कोरोनाको संक्रमणबाट सर्तकता अपनाउन रातदिन खटिने सरक्षाकर्मीलाई तुलसीपुरका किसानले दूध उपलब्ध गराएका छन् । शसस्त्र प्रहरी बेस क्याम्प तुलसीपुरलाई ५० लिटर र ईलाका प्रहरी कार्यालय तुलसीपुरलाई १ सय १० लिटर दूध उपलब्ध गराएको राष्ट्रिय पशुपालक दूग्ध उत्पादन समाज नगरकमिटी तुलसीपुरका अध्यक्ष लोकराज डाँगीले जानकारी दिनुभयो ।

नागरिकको सुरक्षामा खटिने सुरक्षाकर्मीले लकडाउनलाई पूर्णरुपमा पालना गराउन खेलेको भूमिकाको उच्च मूल्याकंन गर्दै उनीहरुको मनोवल बढाउन दूध उपलब्ध गराएको डाँगीले बताउनुभयो ।

१०६ वर्षीया वृद्धाबाट मतदान

Previous articleअहिले प्रहरीलाई भत्ता दिने हो पैसा का-ट्ने होइन, सरकारले का-टेछ भने, म प्रहरीलाई सहयोग गर्छु
Next articleआज देखि लकडाउनमा झनै क’डाइ, मोटरसाइकल चलाउन पूर्ण रुपमा रोक