चितवनको राप्ती नदीमा हामफालेर एकको मृ’त्यु

0
23

राप्ती नदीमा हामफालेर एक जनाको ज्या’न गएको छ । इलाका प्रहरी कार्यालय दिव्यनगरका अनुसार मृत्यु हुनेमा नवलपुर देवचुली नगरपालिका वडा नं १३ घर भई भरतपुर महानगरपालिका वडा नं २५ मा डेरा गरी बस्ने ३० वर्षीय धनीसिंह नेपाली रहेका छन् । घरायसी झगडाका कारण नेपाली मङ्गलबार साँझ राप्ती नदीमा हामफालेको प्रहरीले जनाएको छ । नेपालीको श’वलाई परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

क्यान्सर अस्पताल कोरोनाको उच्च जोखिममा

यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल कोरोना भाइरसको उच्च जोखिममा रहेको छ । अस्पतालमा कोरोनाको सङ्क्रमण देखिएका जिल्लाबाट दैनिक बिरामी उपचारका लागि आउँने भएपछि रोगको जोखिम उच्च भएको हो । अस्पतालका कार्यकारी दिर्नेशक डा विजयचन्द्र आचार्य लकडाउनको समयमा समेत दैनिक एक सय हाराहारी बिरामी आउने गरेको बताउनुहुन्छ ।

अस्पतालमा अत्यावश्यक सेवा मात्र उपलव्ध गराइएको छ । अन्य समयमा यो सङ्ख्या दैनिक ६०० भन्दा बढी हुने गर्दछ । आचार्यका अनुसार यसरी आएका बिरामीमध्ये ९५ प्रतिशत चितवन बाहिरका रहेका छन् । लकडाउनपछि भारतबाट बिरामी नआए पनि सीमा क्षेत्रका बिरामीको सङ्ख्या धेरै भएको अस्पतालले जनाएको छ । अत्यावश्यक रेडियोथेरापी, केमोथेरापी र शल्यक्रियाहरु भइरहेको उहाँले जानकारी दिनुभयो ।

देशैभरबाट बिरामी आउँने हुँदा अस्पताल उच्च जोखिममा परेको आचार्य बताउनुहुन्छ । केही दिन अत्यावश्यक बाहेकका बिरामी अस्पताल नआउन भनिएपनि दबाब थेग्न कठिन भएको आचार्य बताउनुहुन्छ । अस्पतालले विशेषज्ञ चिकित्सकहरुको मोवाइल नम्बर सार्वजनिक गरी परामर्श गर्न अनुरोध गरेको छ । हरेक वर्ष अस्पतालले आठ हजारभन्दा बढी क्यान्सरका बिरामीको उपचार गर्दै आएको छ भने एक लाख ४० हजार हाराहारी बिरामीलाई बहिरङ्ग सेवामा हेर्ने गर्दछ । चिनीया सरकारको सहयोगमा स्थापना भएको यस अस्पतालमा हाल ४५० शैया रहेको छ ।

दैलेखको नौमूले गाउँपालिकामा माओवादी केन्द्रका सुवेदी विजयी

Previous articleआज वि.सं.२०७७ साल वैसाख ०२ गते मंगलबार, आजको तपाइको दिन कस्तो छ? (रा’शिफल)
Next articleसडकमा पैसा छरेर भाग्ने युवतीहरु मदरसाबाट पक्राउ, नन्द-भाउजु रहेको खुलासा