कोरोना कहर: इक्वेडरमा कोरोनाबाट हजारौँकाे मृत्यु, लासहरू सडक र घरभित्रै अलपत्र

0
19

दक्षिण अमेरिकी मुलुक इक्वेडरमा कोरोना भाइरसका कारण हजारौँको मृत्यु भएको जनाइएको छ । त्यहाँ आधिकारिक रूपमा कोरोनाका कारण ४ सय ३ जनाको मात्र मृत्यु भएको बताइए पनि त्यहाँको एक प्रान्तले दिएको तथ्यांक भने डरलाग्दो रहेको बिबिसीले जनाएको छ । इक्वेडरको गुवायस प्रान्त सरकारले दिएको रिपोर्टका अनुसार यसै अप्रिलको दुई सातामा मात्रै त्यहाँ कोरोना भाइरसका कारण ६ हजार ७ सय जनाको मृत्यु भएको छ बिबिसीले लेखेको छ ।

उक्त प्रान्त त्यहाँको सबैभन्दा बढी प्रभावित शहर समेत हो । एक हृदयविदारक दृश्यहरु देखिने भिडियो प्रकाशित गर्दै त्यहाँ यत्रतत्र लासहरु छरिएको बताएको छ । मानिसहरूले कोरोनाबाट मृत्यु भएकाहरूको शवलाई पाँच दिनसम्म पनि घरमै राख्न बाध्य भएको तथा सडकमा लासहरु छोडेर हिड्ने गरेको सो भिडियोमा देखाइएको छ ।

सरकारी अधिकारीहरू ठूलो संख्यामा रहेका शव व्यवस्थापन गर्न नसकेपछि घर तथा सडकमै प्लास्टिकमा बेरेर लासहरु छोडिदिएका छन् । गत हप्तादेखि अधिकारीहरूले त्यहाँका बासिन्दाहरूलाई लास प्याक गर्नका लागि हजारौं कफिन वितरण गर्न सुरू गरे ।

त्यसैगरी कफिन आवश्यक परेकाको सहयोगको लागि त्यहाँ एउटा हटलाइनको समेत व्यवस्था गरिएको जनाइएको छ । इक्वेडरमा व्यापक परीक्षणको समेत अभाव छ । यसर्थ यहाँ बाहिर आएभन्दा कैयौँ गुणा धेरै संक्रमण फैलिसकेको हुन सक्ने र हजारौँले ज्यान गुमाएको हुनसक्ने बताइएको छ ।

रत्ननगर १५ मा आशिक तामांगको अग्रता

Previous articleबेलायतबाट आएका दुई संक्रमित कलंकीबाट माइक्रो चढेर चितवन पुगेका थिए
Next article‘१७ महिने छोरा घरमा छाडी कोरोना ल्या’बमा बिरा’मिलाइ यसरी सेवा गर्दै छिन कन्चन