कोरोना भाइरस प्रकोप : चीनमा १३ सहर ठप्प, फर्बिडन सिटी र ग्रेटवाल पनि बन्द

0
18

कोरोना भाइरसको संक्रमण फैलिन नदिन चीनले शुक्रबारबाट १३ वटा सहरमा आवतजावतमा रोक लगाएको छ।

बेइजिङको प्रसिद्ध फर्बिडन सिटी, सांघाईको डिज्नील्यान्ड र ग्रेट वालको केही हिस्सा पनि तत्कालका लागि बन्द गरिएको छ।

हाल चार करोडभन्दा बढी जनसंख्या रहेको क्षेत्र ठप्प पारिएको छ।

कोरोना भाइरसबाट २६ जनाको ज्यान गइसकेको छ। चीनमा अहिले वसन्त पर्वको छुट्टी छ। तर, भाइरस संक्रमणको भयले थुप्रै कार्यक्रम बन्द गरिएको छ। एजेन्सी

सांसदका प्रश्नमा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)

Previous articleसबै स्थानीय तहमा बैंकका शाखा : लक्ष्य नजिक सरकार
Next articleकाँग्रेस बैठक १३ माघमा