आइलिगमा सावित्राको जर्सी नम्बर फेरिने

0
25

नेपाली राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले राष्ट्रिय टोलीबाट होस् वा क्लबबाट उनको जर्सी नम्बर ९ हो। उनलाई धेरैले साम्बा उपनाम र जर्सी नम्बर ९ बाट चिन्छन्।

तर भारतमा शुक्रबारबाट सुरु आईलिगमा उनको जर्सी नम्बर फेरिने भएको छ। गोकुलम केरला एफसीबाट आइलिग खेल्न लागेकी साम्बाले ७ नम्बरको जर्सी लगाएर मैदान उत्रिनेछिन्।

लिगको छनोट चरणको अन्तिम खेलमा अलकापुरालाई पराजित गर्दै उनको टोली आइलिगको लागि छनोट भइसकेको छ। सो खेलमा उनले २ गोल गरेकी थिइन्।

जर्सीबारे उनले नेपालखबरसँग भनिन्, ‘९ नम्बरको जर्सी गोकुलम कै सिनियर खेलाडीले लगाउने भएपछि मैले ७ नम्बरको जर्सी लगाउने भएको हो’

गत संस्करण सेथु एफसीबाट आइलिग खेलेकी साम्बाले ९ नम्बरको जर्सी नै लगाएकी थिइन्। सो संस्करणका ६ खेलमा पहिलो रोजाइमा मैदान उत्रेकी उनले ३ ह्याट्रिकसहित १५ गोल गरेकी थिइन्

आइलिग महिला फुटबल शुक्रबारदेखि सुरु भएको छ। आगामी फेब्रुअरी १४ सम्म चल्ने लिगमा साम्बा सम्मिलित टोलीको पहिलो खेल आइतबार श्रीभुमी एफसीसँग हुँदै छ।

२ गाेल
आइलिगका लागि अन्तिम छनोट खेलमा मैदान उत्रेकी साम्बाले २ गोल गरिसकेकी छन्। साम्बाको टोलीले समग्रमा अलकापुरा लाई ९–१ ले हराउँदै गोकुलम आइ लिगमा छनोट भएको हो। गत बुधबार दोस्रो लेगमा गोकुलमले अलकापुरालाइ ८–१ ले हराएको छ।

गोकुलमको जितमा सावित्राले २ गोल गरिन्। उनलै दुवै गोल खेलको पहिलो हाफमा गरेकी थिइन्। कमलाले ३, दयाले २ र मनिषाले १ गोल गरे। पहिलो लेगमा गोकुलमले अलकापुरालाई १–० ले हराएको थियो।

नवलपुरमा जापानिज इन्सेफ्लाइटिसबाट एकजनाको मृत्यु

Previous articleसबै स्थानीय तहमा बैंकका शाखा : लक्ष्य नजिक सरकार
Next articleकाँग्रेस बैठक १३ माघमा