मंसिर ८ -नेपाली राजनीति क्षेत्रमा रहेका कतिपय नेता तथा मन्त्रीहरुलाई भारतीय नागरिक भएको आरोप लाग्दै आएको छ । यसैबीच केही दिन अघि मात्र मन्त्री बनेका मोतिलाल दुगड पनि भारतीय भएको दाबी गरिएको छ । केही दिन अघि मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले दुगडलाई उद्योग राज्यमन्त्री बनाए । उनले मन्त्रीको सपथ लिएसंगै भारतीय मिडियाले उनलाई भारतीय व्यापारी भएको दाबी गरेको छ । भारतीय मिडिया थार एक्सप्रेसले दुगडलाई राजस्थानका व्यापारी रहेको र उनी नेपालको मन्त्री बनेको भन्दै समाचार प्रकासन गरेको छ ।

उसले मन्त्री दुगडलाई फतेहपुर राजस्थानका व्यापारी रहेको उल्लेख गरेको छ । उक्त समाचार यतिबेला सामाजिक सञ्जालमा समेत निकै भाईरल बनिरहेको छ । सेन्चुरी मसला उद्योगका मालिक रहेका दुगड भारतीय भएको भन्दै चर्चा चलिरहेको छ । उक्त समाचारको क्याप्सनमा हिन्दीमा लेखिएको छ “तेरापंथ समाज नेपाल के मुख्य व्यक्तित्वों में से श्री मोतीलाल दुगड़, फतेहपुर राजस्थान निवासी बिराटनगर प्रवासी को नेपाल के प्रधानमंत्री श्री के।पी। शर्मा ओली की कैबिनेट में उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमंत्री बनाया गया है” ।
