चिठ्ठा परेको भन्दै फोन र म्यासेज गरेर ठग्ने क्रम बढेपछी कतारका नेपालीलाई दुताबासको सुचना

0
23

कतारस्थित नेपाली दुतावासले विभिन्न टेलिफोन नम्बरहरुबाट सम्पर्क गरी विभिन्न बहानामा आफना वैयक्तिक जानकारीहरु लिने र त्यसको दूरुपयोग गरी आफ्नो बैंक खाताबाट अनधिकृत रुपमा पैसा खिचिएको आफू ठगीमा परेको भने मौखिक उजुरी पर्ने गरेको जनाएको छ। यस्तो उजुरी विगत केही समय यता परेका हुन। व्यक्ति स्वयमले एटिएमको कार्डको पिनकोड वा बैंकबाट प्राप्त ओटिपी नम्बर जस्ता सूचना कसैलाई दिएर त्यसको प्रयोग गरी खाताबाट पैसा झिकिएमा कुनै कारबाही गर्न नसकिने सम्बन्धित बैंकहरुले जानकारी दिएको दूतावासले जनाएको छ।

कतारमा प्रहरी गृह मन्त्रालय लगायत सरकारी निकाय तथा कतारमा रहेका बैंकहरुले टेलिफोन मार्फत एटिएम कार्ड पिन कोड वा एटिपी कोड लगायत वैयक्तिक विवरण नमाग्ने बुझिएको दूतावासले प्रष्ट पारेको छ। त्यसकारण विभिन्न बहाना वा प्रलोभनमा यस प्रकारको वैयक्तिक विवरणहरु माग गरेमा आफू ठगीमा पर्न सक्ने सम्भावना उच्च रहन्छ।कुनै पनि व्यक्तिलाई आफ्नो बैंकको एटिएम कार्ड पिनकोड आदि जानकारी दिन नहुने जनाईएको छ। दुताबासको सुचना यस्तो छ 

डिजिटल ठगीबाट बच्न सतर्कता अपनाउने सम्बन्धी जरुरी सूचना

बिभिन्न टेलिफोन नम्बरहरुबाट सम्पर्क गरी विभिन्न बहानामा आफ्ना वैयक्तिक जानकारीहरु लिने र त्यसको दूरुपयोग गरी आफ्नो बैंक खाताबाट अनधिकृत रुपमा पैसा खिचिएको र आफू ठगीमा परेको भनी विगत केही समययता यस दूतावासमा मौखिक तथा लिखित उजुरीहरु पर्ने गरेका छन्‌ । व्यक्ति स्वयमले एटिएम कार्डको पिन कोड वा बैंकबाट प्राप्त ओटिपी नम्बर जस्ता सूचना कसैलाई दिएर त्यसको प्रयोग गरी खाताबाट पैसा झिकिएमा कुनै कारवाही गर्न नसकिने भनी सम्बन्धित बैंकहरुले जानकारी दिएका छन्‌ ।

कतारको प्रहरी, गृह मन्त्रालय लगायत सरकारी निकाय तथा कतारमा रहेका बैंकहरुले टेलिफोनमार्फत एटिएम कार्ड, पिन कोड वा एटिपी कोड लगायत वैयक्तिक विवरणहरु नमाग्ने बुझिएको छ । आवश्यक परेको खण्डमा यस प्रकारको विवरण सम्बन्धित निकाय वा कार्यलयमा व्यक्ति स्वयम उपस्थित भई उपलब्ध गराउन सकिने अवस्था रहन्छ । त्यसकारण विभिन्न बहाना वा प्रलोभनमा यसप्रकारका वैयक्तिक विवरणहरु माग गरेमा आफू ठगीमा पर्नसक्ने सम्भावना उच्च रहन्छ । तसर्थ यस्तो परिस्थितिमा देहाय अनुरुपको सतर्कता तथा सचेतना अपनाउनुहुन कतारमा रहेका सम्पूर्ण नेपालीहरुलाई सूचित गरिएको छ :

  • कुनैपनि व्यक्तिलाई आफ्नो बैंकको एटिएम कार्ड, पिन कोड आदि जानकारी नदिने;
  • कसैले फोन गरेर कतारका विभिन्न निकायको नाम लिई बैंक खाता, एटिएम कार्ड वा सम्बन्धित अन्य जानकारी माग गरेमा यस्तो जानकारी कदाचित उपलब्ध नगराउने ।
  • यसप्रकारको टेलिफोन प्राप्त भएमा कतारको गृह मन्त्रालयको फोन नम्बर २३४ ७४४४ वा ६६८१५७५७ मा त्यसको सूचना दिने साथै सम्बन्धित बैंकलाई समेत जानकारी दिनसकिने।

नेपाली राजदूतावास दोहा, दोहा, कतार।

https://www.ujyaalonepalnews.com/archives/14956

Previous articleकृषक मैत्री बन्दै वडा नं. १६; कृषकलाई बोका देखि बाल्टिन सम्म वितरण
Next articleसुजिता भण्डारी प्रकरण: ह’त्या कि आ’त्मह’त्या? वि’षको बट्टाले उब्जाएको सं’सय