नेपालमा धेरै भएपछी, कुलेखानीको बिजुली भारत निर्यात

0
212
Five cats looking around a field.

नेपाल बिद्युत प्राधिकरणले कुलेखानी जलविद्युत आयोजनाबाट उत्पादित बिजुली भारत निर्यात गरेको छ ।

पानीको सतह उच्च बढेर खतराको संकेत देखिएपछि कुलेखानी पहिलो र दोश्रो आयोजना पूर्ण क्षमतामा संचालन गरि सरकारले बिजुली निर्यात गरेको हो । अहिले ९० मेगावाटको कुलेखानी पहिलो र ३२ मेगावाटको कुलेखानी दोश्रो आयोजना चौबिसै घण्टा संचालन भैरहेको छ।

उर्जामन्त्री बर्षमान पुनले गत बर्षहरुमा असोजको १५ गतेसम्ममा पानीको सतह १५२७ मिटर पुग्ने गरेकोमा यो वर्ष भारी बर्षा हुँदा असार महिनामै १५२७ मिटर पुगेकाले आयोजना पूर्ण क्षमतामा संचालन गरिएको जानकारी दिए। यस अघि कुलेखानी आयोजनालाई अन्य आयोजनाले माग धान्न नसकेको खण्डमा मात्र संचालन गर्दै आएको थियो । तर, अहिले २०५० साल यताकै धेरै पानी जमेपछि अहिले नै आयोजना संचालनमा ल्याएको हो।

मन्त्री पुनले नेपाल बिद्युत प्राधिकरणले ३ दिन १५० मेगावाट र आज २ सय मेगावाट बिजुली निर्यात गरिएको बताए । उनले इनर्जी बैंकिंङ्को अवधारणा अनुरुप बिजुली निर्यात गरिएको बताए ।

अहिले पनि कुलेखानीमा पानीको सतह १५२६ घनमिटर रहेको छ। कुलेखानीको क्षमता १५३० घनमिटर रहेको छ ।

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0