वर्तमान सरकारले देश पछाडि धकेल्यो : नेता गगन थापा

0
23

इनरुवा, १६ माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले वर्तमान सरकारले देशलाई पछाडि धकेलेको बताएका छन् ।

सुनसरीको रामधुनी नगरपालिकामा बुधबार काँग्रेस रामधुनी नगर समितिले आयोजना गरेको नगर सम्मेलनमा उनले यस्तो बताएकी हुन्

सरकारले देशलाई विकासको सट्टा बरबादीतर्फ लगेको आरोप लगाउँदै उनले बहुमतप्राप्त सरकारले देशलाई अहिले विकास निर्माणतर्फ अगाडि बढाउनुपर्नेमा त्यसविपरीतका कार्य गर्ने गरेको बताए ।

कार्यक्रममा काँग्रेस सुनसरीका सभापति तथा प्रदेश नं १ को प्रदेशसभाका संसदीय दलका नेता राजिव कोइरालाले नेता थापालाई पार्टीको नेतृत्वमा आउन आग्रह गरे । रासस

The post वर्तमान सरकारले देश पछाडि धकेल्यो : नेता गगन थापा appeared first on Koshi Online.

सेतीको खोंचमा बेपत्ता पवित्राका साथी भन्छन्; ‘केटा मन नपरेको र घरमा धेरै दुःख छ भन्थी

Previous articleप्रधानसेनापति खुला दौड प्रतियोगिता फागुनमा
Next articleसर्वोच्चलाई टेरेन अख्तियारले, भ्रष्टाचार मुद्दाका फाइल पठाउन आलटाल