पथरी । गायक विनोद राईको स्वरमा रहेको आधुनिक गीत ‘यो खुशी ’ को म्यूजिक भिडियो सार्वजानिक भएको छ । देव गुरुङको संगीत, युगल लङ्फुङ्वाको रचना र सचिन सिंहको एरेन्ज रहेको सो गीतलाई मित्र लामाले रेकडिङ÷मिक्सिङ गरेका हुन् । पूर्वको रमणीय स्थल पथरीशनिश्चरे आसपासमा खिचिएको भिडियोमा करण धिताल र नग्मा श्रेष्ठले अभिनय गरेका छन् ।
जिन्दगी जिउने क्रममा हुने उतार चढावलाई भिडियोमा प्रष्टसंग उतारेका छन् निर्देशक सन्तोष राईले । जमर्काे इन्टरटेनमेन्टको युट्युव च्यानल मार्फत् सार्वजानिक गरिएको सो गीतको भिडियोलाई देवराज सिग्देलले खिचेका हुन् भने सम्पादन डिनसन साहले गरेका हुन् ।

The post करण र नग्माको ‘यो खुशी ’ जमर्काेमा (भिडियो सहित) appeared first on Purbeli News.