माघ १७ गतेदेखि दोस्रो बेलबारी आईडल

0
118
Five cats looking around a field.

बेलबारी / स्रष्टा समाज बेलबारीको आयोजनामा दोस्रो “बेलबारी आईडल”गायन प्रतियोगिता आयोजना हुने भएको छ ।यहि माघ १७ गतेदेखि शुरु हुने प्रतियोगिता चैत १ गते सम्पन्न हुने आयोजकले बिहिबार बिहान बेलबारी ३ मा रहेको ड्रिमल्याण्ड फनपार्कमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । सम्मेलनमा आयोजक संस्थाका सचिब तथा कार्यक्रम संयोजक जितबहादुर थुलुङले यहि माघ १७ र १८ गते बेलबारीका बिभिन्न वडामा छनौट कार्यक्रम माघ २५ गते प्रिसेमिफाईनल,फागुन ३ मा सेमिफाईनल र चैत १ गते फाईनल हुने जानकारी गराए ।

फाईनलमा नेपाली कला जगतका एक बिशिष्ट ब्यत्तित्वलाई अभिनन्दन गरिने समेत जनाईएको छ । प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार नगद,थप ३० हजार बराबरको गीत र भिडियो निर्माण,आईडलको ट्रफी,प्रमाणपत्र,सह बिजेतालाई ट्रफी,प्रमाणपत्र र नगद १५ हजार,उपबिजेतालाई ट्रफी,प्रमाणपत्रका साथमा १० हजार नगद प्रदान गरिने जनाईएको छ । कार्यक्रमका लागी बेलबारी नगरपालिकाले ५ लाख रुपैया सहयोग गरेको छ । गत बर्ष बेलबारी ४ का बिबेश मोते पहिलो बेलबारी आईडल बनेका थिए ।

The post माघ १७ गतेदेखि दोस्रो बेलबारी आईडल appeared first on Purbeli News.

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0