ईटहरी / चर्चित गायिका आस्था राउतले आफू कार्यक्रमका लागि सिक्कीम जाँदै गर्दा झापाको भद्रपुर विमानस्थलमा प्रहरीले दुर्व्यवहार गरेको भन्दै दिएको अभिव्यक्ति विवादमा तानिएको छ सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा प्रहरीलाई तथानाम गाली गरेको देख्न सकिन्छ ।
उनले प्रहरीले आचरण सुधार्नु पर्ने भन्दै दबङ शैलीमा हान्न मन लागेको भिडियोमा बोलेकी छन् । उनी आफू हतारमा रहेको र प्रहरीले चेक गर्दा अपमान गरेको उनको आरोप छ । उनको भिडियो सामाजिक सञ्जाल फेसबुकमा राखिएको छ । उनले प्रयोग गरेका शब्द र बिचार एकदमै तल्लो स्तरको रहेको छ । प्रहरीमा माथिल्लो तहका व्यक्तिहरुको शैली राम्रो भए पनि केही व्यक्तिहरुको आचरण खराब भएको उनले जानकारी दिईन ।

आफुलाई त त भनेकोमा आस्थाको चित्त दुःखेको भिडियोमा देख्न सकिन्छ । चेक गर्ने क्रममा उनलाई प्रहरीले ज्याकेट खोल भनेपछि उनलाई आफ्नो अपमान गरिएको महसुस गरेको देख्न सकिन्छ । उनले पटकपटक घरमा पनि कसैले तँ नभनेको भन्दै प्रहरीले किन भनेको भन्दै प्रश्न खडा गरेकी छिन् । यता भिडियो सार्बजनिक पश्चात सामाजिक संजालमा चर्को आलोचनाको भागेदार बनेकी उनले माफी मागेकी छन् ।

The post प्रहरीमाथि आक्रोशित गायिका आस्था, गालिगर्दा आलोचित भएपछी माफी मागिन् appeared first on Purbeli News.