प्रचण्डलाई भयंकर ठूलो डर, राखे ७७ जना सुरक्षाकर्मी !

0
30
Five cats looking around a field.

काठमाडौं– सरकारी कार्यविधी विपरित पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा ७७ जना सुरक्षाकर्मी खटिएका छन्। कार्यविधिअनुसार सबै पूर्व प्रधानमन्त्रीहरुले ९ जना मात्रै सुरक्षाकर्मी पाउँछन्। तर, अधिकांश पूर्वप्रधानमन्त्रीहरुले सरकारी कार्यविधी मिचेका छन् ।

विशिष्ठ व्यक्ति सुरक्षा व्यवस्थापन समितिको २०६८ जेठ २५ को निर्णय अनुसार २६ जनासम्म खटाउने व्यवस्था छ। २०७४ माघ २२ गतेको मन्त्रिपरिषद बैठकले २६ जनालाई यथावत राख्ने निर्णय गरेको थियो। प्रचण्डको सुरक्षामा मन्त्रिपरिषदको निर्णयभन्दा ५६ जना बढी सुरक्षाकर्मी खटिएका छन्।

यस्तै कार्यविधि मिचेर सुरक्षाकर्मी राख्नेमा प्रमुख प्रतिपक्षी दलका नेता एवम कांग्रेस सभापति शेरबहादुर देउवा छन्। देउवाले ३८ जना सुरक्षाकर्मी राखेका छन्।

प्रहरी नायव उपरीक्षकको कमाण्डमा देउवा परिवारलाई २१ जना सुरक्षाकर्मी उपलब्ध गराउने निर्णय भएको थियो। देउवा पत्नी तथा पूर्व सांसद आरजु राणा देउवा र छोरा जयविरसिंह देउवालाई समेत भनेर २०७४ माघ १० गतेको मन्त्रिपरिषद बैठकले सो संख्याको सुरक्षाकर्मी दिने निर्णय गरेको थियो।

पूर्व प्रधामन्त्री एवम् नेकपाका वरिष्ठ नेता झलनाथ खनालको सुरक्षामा १८ जना खटिएका छन्। अर्का पूर्व प्रधानमन्त्री एवम् नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा १७ जना सुरक्षाकर्मी खटिएका छन्।

मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीको सुरक्षामा १० जना सुरक्षाकर्मी खटिएका छन्। पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षामा १२ जना सुरक्षाकर्मी छन्।

पूर्व उपप्रधानमन्त्री कमल थापाले १५ जना सुरक्षाकर्मी राखेका छन्। कार्यविधि भन्दा १३ जना सुरक्षाकर्मी थापाले बढी राखेका छन्। पूर्व उपप्रधानमन्त्री एवम् कांग्रेस उपसभापति विमलेन्द्र निधिले १२ जना सुरक्षाकर्मी राखेका छन्। कार्यविधि अनुसार आफ्नो कार्यकाल सकिएको ३ वर्षसम्म पूर्व उपप्रधानमन्त्रीहरुले २ जना सुरक्षाकर्मीहरु मात्रै पाउँछन्।

अर्का पूर्व उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठको सुरक्षामा ९ जना खटिएका छन् जवकि कार्यविधि अनुसार श्रेष्ठले २ जना मात्रै सुरक्षाकर्मी पाउँछन्। पूर्व उपप्रधानमन्त्री एवम् गृहमन्त्री तथा कांग्रेस उपसभापति विजयकुमार गच्छदारले १२ जना सुरक्षाकर्मी राखेका छन्। कार्यविधि मिचेर उनले १० जना सुरक्षाकर्मी बढी राखेका छन्।

पूर्व उपप्रधानमन्त्री एवम् कांग्रेस सांसद प्रकाशमान सिंहले १७ जना सुरक्षाकर्मी राखेका छन्। कार्यविधि अनुसार उनले सुरक्षाकर्मी नै पाउँदैनन्। पूर्व उपप्रधामन्त्री एवम् कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यविधि विपरित ११ जना सुरक्षाकर्मी राखेका छन्। अर्का उपप्रधामन्त्री नारायणकाजी श्रेष्ठले १४ सुरक्षाकर्मी राखेका छन्। पूर्व उपप्रधानमन्त्री एवम् गृहमन्त्री बामदेब गौतमको सुरक्षामा १६ जना खटिएका छन्।

पूर्व उपप्रधानमन्त्री भिम रावलले १८ जना सुरक्षाकर्मी राखेका छन्। पूर्व उपप्रधामन्त्री सुजाता कोइरालाले २ जना सुरक्षाकर्मी राखेकी छिन्। उपप्रधामन्त्रीमध्ये सबैभन्दा थोरै सुरक्षाकर्मी राख्ने कोइराला मात्रै हुन्।

पूर्व गृहमन्त्री जनार्दन शर्माले १५ जना सुरक्षाकर्मी राखेका छन्। कार्यविधि अनुसार उनले सुरक्षाकर्मी राख्न पाउदैनन्। अर्का पूर्व गृहमन्त्री पुर्णबहादुर खड्काले १२ जना सुरक्षाकर्मी राखेका छन्। पूर्व सभामुख ओनशरी घर्तीले कार्यविधि अनुसार २ जना सुरक्षाकर्मी राख्न पाउँछिन् तर उनले १० जना राखेकी छन्।

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0