काठमाडौं – अमेरिका र इरानबीच चलिरहेको विवादका क्रममा आईतबार इरानले अमेरिकी सैन्य इलाकामा हमला गरेको छ ।
इराकको राजधानी बग्दादको उत्तरी क्षेत्रमा रहेका अमेरिकी सैन्य ईलाकामा आईतबार इरानले ४ वटा रकेट प्रहार गरेको छ ।

इराकको अल–बलाद एयरबेसमा भएको हमलामा ४ इराकी वायु सैनिक घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रकेट प्रहार भएको एयरबेस क्षेत्रमा अमेरिकी सैनिकहरू बस्ने भएपनि इरान र अमेरिकाबीचको विवादपछि अमेरिकी सेना त्यहाँबाट भागेका थिए ।
अमेरिका देखेर आक्रोशित भएको इरानले अमेरिकी सैन्य क्षेत्रमा ६ दिनको अवधिमा गरेको पछिल्लो तेस्रो प्रहार रहेको सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले आक्रामक शैलीमा ट्विटरमा लेखेका छन्, ‘इराक सरकारका दुस्मन लगातार उसको स्वायत्तता उल्लंघन गरिरहेका छन् यो अब बन्द हुनुपर्छ ।’ गत जनवरी ३ मा अमेरिकाले इरानी कुद्स सेनाका जनरल कासिम सुलेमानीको हत्या गरेको थियो ।