विमानस्थलमा गायिका आस्था राउतले के गरिन् ? बाहिरियाे यस्ताे भिडियाे

0
96
Five cats looking around a field.

काठमाडौँ / गायिका आस्था राउतले बिहीवार फेसबूक लाइभमार्फत प्रहरीलाई निकै तुच्छ शब्द प्रयोग गर्दै गाली गरिन् । यतिसम्म कि तल्लो तहका अर्थात् प्रहरी जवानलाई त अनेक भनिन् । उनले प्रहरीलाई ‘डन्ठे, पिपा र प्युसा’ त बारम्बार भनिरहिन् । प्रहरीलाई गाली गर्नुको कारण उनले फेसबूकमार्फत भनेकी थिइन् – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंमा महिला प्रहरीले दुर्व्यवहार गर्‍यो । तँ भन्यो ।

तर पछि आस्थाले सामाजिक सञ्जालमार्फत माफी मागेपनि प्रहरीले आवश्यक छानविन गरी आवश्यक कारवाही गर्ने जनाएको छ । आस्था बुधवार सिक्किम जाने क्रममा एयरपोर्टमा महिला प्रहरी र आस्था राउतबीच लफडा भएको थियो । त्यसको भोलिपल्ट हिजो अर्थात् बिहीवार उनले सामाजिक सञ्जालमार्फत प्रहरीलाई गाली गरेकी थिइन् ।

उनले केही सञ्चारमाध्यममा आफूलाई महिला प्रहरीले न्याकेको समेत दाबी गरेकी छन् । तर उनको दाबी गलत ठहरिएको छ । बाहिरिएकाे सीसीटीभी फूटेजमा उनलाई न्याकेको देखिँदैन । बरू उल्टै औंला ठड्याउँदै गएको देखिन्छ ।

के भएको थियो?

यसैबीच एयरपोर्टमा भएको घटनाको फूटेज सार्वजनिक भएको छ । बुधवार दिउँसो एक बजेर ३१ मिनेट जाँदा हातमा कफी बोकेर चेकिङ मेसिनमा आस्था पुग्छिन् । महिला प्रहरीले ज्याकेट खोल्न भन्छिन् । कफी महिला प्रहरीले राखिदिन्छिन् । त्यसपछि आस्थाले ज्याकेट खोलेर बाहिर राख्छिन् । अनि उनको पुन: चेकिङ हुन्छ ।

उनले ज्याकेट लिइन् । महिला प्रहरीले कफी आस्थालाई दिन्छिन् । उनले लिन मान्दिनन् । प्रहरीले आफ्नो कफी लिनुहोस् भनेको जस्तो भाव देखिन्छ । आवाज भने भिडियोमा सुनिन्न । केहीबेर दिन खोज्ने र आस्थाले लिन नखोजेको दृश्य देखिन्छ । पछि प्रहरीले झोलामै कफी हाल्न खोजेको जस्तो पनि देखिन्छ । अन्त्यमा कफी टेबलमा राखेर महिला प्रहरी आफ्नो ड्यूटीमा जान्छिन् । त्यसपछि आस्था औंला ठड्याउँदै ज्याकेट लगाएर बाहिर गएको देखिन्छ ।

भिडियो हेर्नुहोस् :

लाेकान्तरबाट

The post विमानस्थलमा गायिका आस्था राउतले के गरिन् ? बाहिरियाे यस्ताे भिडियाे appeared first on Purbeli News.

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0