इटहरी / सुनसरीको इटहरीमा मिस मार्टिना २०२० को दोस्रो अडिसन सम्पन्न भएको छ । इटहरिस्थित मार्टिना मेकअप स्टुडियोमा १७ जनाले अडिसन दिएका थिए । प्रतियोगिताको लागि पहिलो अडिसनबाट पाँच जना प्रतियोगी छनौट भएको मार्टिना मेकअप स्टुडियोकी सञ्चालिका उर्बी श्रेष्ठले जानकारी दिइन् । इटहरीमा मार्टिना मेकअप स्टुडियो चलाउदै आएकी श्रेष्ठले महिलाहरुमा लुकेर रहेको प्रतिभा लाई बाहिर निकाल्न तथा आत्मबल बढाउन इटहरीमा पहिलो पटक प्रतियोगिता आयोजना गरेकाे बताइन् ।
यस कार्यक्रमकाे मुनाफाकाे केहि रकम सामाजिक क्षेत्रमा पनि खर्च गर्ने साथै भ्रमण बर्ष २०२० लाइ सफल पर्न आन्तरिक पर्यटनको प्रवर्द्भन गर्न सहयोग गर्ने श्रेष्ठकाे भनाइ थियाे । प्रतियोताकाे बिजेताले ५० हाजर नगद पुरस्कार पाउने छन् भने द्रोसो तथा तेस्रो हुनेले क्रमश २० हजार र १५ हजार पाउने छन ।

The post इटहरीमा मिस मार्टिना २०२० को दोस्रो अडिसन सम्पन्न appeared first on Purbeli News.
