विश्वकै होचा व्यक्तिको कीर्तिमान बनाएका खगेन्द्र थापामगरको निधन भएको छ।

पोखरास्थित मणिपाल अस्पतालमा उपचारत खगेन्द्रको शुक्रबार दिउँसो निधन भएको हो।
स्वास्थ्यमा समस्या आएपछि उनलाई सघन उपचारकक्ष (आईसीयू)मा भर्ना गरिएको थियो।

उपचारकै क्रममा शुक्रबार दिउँसो ३ बजे उनको निधन भएको प्रतिष्ठानका सदस्य दिनानाथ बरालले बताए।
थापामगरको निधन निमोनियाका कारण भएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन्।
५७ सेन्टिमिटर अर्थात् २२ दशमलव ४ इन्च उचाइ भएका थापामगरले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिका रूपमा ‘गिनिज बुकमा नाम लेखाउन सफल भएका थिए।
बाग्लुङ धुल्लुवासकोट ६ का खगेन्द्र थापामगरलाई २०४९ साल असोज १८ गते जन्मिँदा ६ सय ग्राम मात्र थियो भने अहिलेको तौल ५ दशमलव ५ किलोग्राम मात्र र थियो।