म’रेको मान्छे देख्दा तपाईलाइ कस्तो लाग्छ ? सम्भवत सबैलाइ ड’र नै लाग्छ । कतिपय मान्छे त म’रेका मान्छे देखेपछि बेहो’स नै हुन्छन् । तर ६३ बर्षिय बालकृष्ण बोहोराले जिवनका अधिकांस समय म’रेका मान्छेको शरिर चि’रेर बिताए्का छन् । २०११ सालमा पर्वत जिल्लामा बाबा खडे र आमा चिजा बोहोराको सन्तानका रुपमा जन्मिएका बालकृष्णले जीवनभर मान्छे का’ट्ने जागिर गरे । उनले आफ्नो अनुभवको बेलिविस्तार लगाउन सुरु गरे ।
इच्छाको पेशा र चाहनाको काम गर्न परिस्थितीले नदिए पनि आफुले गरेको काममा सन्तुस्ट हुन सके र रमाउन सके जहाँ पनि खुसी हुन्छ भन्ने मान्यता राख्ने बालकृष्ण ३५ बर्षसम्म लगातार (पोस्ट मा’र्टम)मान्छे चि’र्ने काम गरेर केश फुलाए । उनले ३५ बर्षमा १० हजार भन्दा बढि मरे’का मान्छेको शरिर चि’रे । बोल्दा सामान्य लागे पनि यो काम आफैमा क’ठिन र ड’र लाग्ने काम हो । उनको अनुभवले भन्छ, -‘दरिलो आँट भएन भने मान्छे चि’र्न त के मुसा चि’र्न पनि सकिन्न ।’
उनी जागिरका सुरुवाति दिनको सम्झनामा बहकिए । २०३९ सालमा पहिलोपटक उनि धौलागिरी अञ्चलको श’ब स्टोरमा दरिलो मुटु लिएर छिरेका रहेछन । “जागिरको मेसो थिएन । मासिक रु १ सय ५० रुपैँयामा मान्छे का’ट्ने जागिर खुलेको थियो । सुरुमा सारै ड’र लाग्यो कसरी का’ट्ने होला म’रेको मान्छे भनेर ? तर अरु कुनै जा’गिरको मेसो थिएन । जेजे पर्ला सके गरौला नत्र छाडौला भनेर हुन्छ भने । ”
जगिर सुरु भयो मान्छे चि’र्ने । उनले पहिलो पटक २०३९ सालमा गुरु प्रसाद नाम गरेका एक जना ठेकेदारको मृ’त शरिर चिरे’को बताए ।
“श’ब राख्ने ठाउमा ठेकेदारको श’व राखिएको थियो । डाक्टरले ल बालकृष्ण काम यहि हो यता आउ भनेर बोलाए तर मेरो खुट्टा अघि बढेनन । कताकता ड’र लाग्यो । तिन चारदिनको श’ब थियो,। देख्दै सातो जाने तर साथमा डाक्टर र नर्स भएकोले केहि आट आयो । मरे’को मान्छे त म’रिहाल्यो किन डरा’उने भन्ने पनि भयो । हातमा पन्जा,मुखमा माक्स र शरिर पुरै ढाकने कपडा लगाए । एउटा हरियो टालो पेटमा पुग्ने गरि भिरे । डाक्टरले भने अनुसार नै पेट, टाउको चिरे । त्यो रात त्यहि मान्छे आँखा वरिपरी आयो निदाउन सकिन ।”
भोलि पल्ट,पर्सि पल्ट दिनदिन श’ब चिर्ने काम ।’ उनि भन्छन्, ‘कहिलेकाहि त दिन मै ५,७ जना चिर्नुपथ्र्यो । गाडि दु’र्घटना पर्दा कहिलेकाहि त अझै बढि श’वहरु पनि पर्थे ।’ त्यसपछि उनलाइ यो काम सामान्य जस्तो लाग्यो । सुरुमा ड’र लागे पनि बानी पर्दै गएपछि त फर्सि का’टे जस्तै लाग्यो। शरिर चि¥यौ टन्न र’क्सी मा’सु खायो अनि सुत्यो।
सुरुमा १५० रुपैँया मासिक तलब दिने सहमति भएको थियो । पोस्ट मा’र्टम गर्ने मृत’कका आफन्तले पनि उनको दुख हेरेर केहि रकम पनि दिन थाले । क्रमिक रुपमा काम गर्दा पैसा पनि आउथ्यो । १५० बाट सुरु भएको जागिर ३५ बर्षपछि १६ हजार सम्ममा आएर सके ।
सबैभन्दा डर लागेको क्षण–, “मरे’को मान्छेले मेरो औठि ले भन्यो”
मान्छे चि’र्दाको क्षणमा अनेकौ सम्झना त रहने नै भए । तर सर्वजितलाइ सबैभन्दा बढि ड’र लागेको एउटा घटनाले आज पनि सताउदो रहेछ । उनले जिवनभरमा धेरै अनुभव बटुले पनि यो ड’रको अनुभवले भने मुटु नै सि’रिङ्ग गराउछ रे । त्यो रात हो, ५३ साल भदौतिरको जुन रात एक जना २५,३० बर्षको युवा विवाह गर्न भनि केटि हेर्न गएको रहेछ ।
केटि हेर्न जादा पर्वतस्थित ज्ञादीको भिरबाट ल’डेर म’रेको रहेछ । दुइ तिन दिन पछि उसलाइ बागलुङ अस्पतालमा ल्याइएको रहेछ । पोस्ट मा’र्टम गर्ने बेला मृ’तक केटाको हातमा रहेको सुनको औठि झिकेर उसको दाइलाइ दिइसकेपछि एक्कासी केटाले मेरो औठि ले भन्दौ आफुलाइ झम्ट’न आएको उनले बताए ।
“फनफन्ती घुमायो मत त्यहि ठाउमा बे’होस भएछु । रात’भर पनि उक्त केटाले मेरो औठि ले भन्दै आखा वरिपरि आएपछि जागिर छाड्ने निर्णय गरे । तर तरुण डाक्टरले छाड्न दिएनन् ।” फेरि अर्को दिन आएर पोस्ट मा’र्टम गरे । तर त्यो केटाले महिनौ सम्म स’ताउन छाडेन ।
अरु कोहि टि’केनन्
कामबाट निराश भएर काम छाड्न खोजे, अस्पतालका प्रमुख डाक्टरसँग झ’गडा सम्म गरे । तर त्यो काम गर्ने मान्छे् पाइएन । अस्पतालका डाक्टरले काम नगर्ने भन्दा गलहत्याए पछि उनले डाक्टरलाइ नै झा’पड हानेर तिन दिन हि’रासत बस्नु प¥यो ।
उनको सट्टामा काम गर्न धेरै मान्छे आएपनि कोहि पनि मान्छे टिकेनन् । कोहि एक महिना कोहि दुइ महिना । केहि मान्छे त, उक्त ठाउमा जागिर गर्दा पागल भएर पनि हिडेपछि उनी नै त्यो काम गर्ने अव्वल र सुरो कहलिए । प्राय उनले पो’स्टमा’र्टमको काम गरिसकेपछि टन्न र’क्सि र मा’सु खान्थे ।
६३ बर्षमा पनि जवान
बालकृष्णको जिवनको अर्को रमाइलो पाटो हो विवाह । उनी ड्यूटि समय र अघिपछि पनि चिटिक्क परेर हिड्छन । उनले जिवनमा १३ ,१४ पटक विवाह गरेका रहेछन । तर उनीसँग धेरै जना टिकेनन् । कोहि सुनका औठि र पैसा लिएर भागेको कुरा उनि सुनाउछन ।
उनले पछिल्लो पटक आफुभन्दा १६ बर्ष कान्छी गममाया बोहरा सँग विवाह गरे । आफूलाइ अझै १६ सत्र बर्षे युवा सम्झने सर्वजित भन्छन् – ‘शारिरिक रुपमा निकै सक्रिय छु, भर्खरका युवतिले पनि मलाइ आँखा लगाउछन।’ मान्छे चि;रेरै उनले ६० ,७० लाख कमाए । अहिले उनी मासिक पेन्सन बुझेर बस्छन । भन्छन – ‘जिन्दगीप्रति दुख व्यक्त गर्ने होइन । काम सानो ठुलो हुन्न । हरेक ठाउलाइ सम्मानित बनायो त्यो सम्माननित हुन्छ ।
Brave pers on, ma saath chhu buwa sanga sadhain.
I couldn’t refrain from commenting. Well written! It is perfect time to make a few plans
for the longer term and it’s time to be happy.
I’ve read this publish and if I may I wish to recommend you few interesting issues or suggestions.
Perhaps you could write subsequent articles relating to this article.
I want to read more things approximately it! It’s the best time
to make a few plans for the future and it’s time to be happy.
I have read this put up and if I may I wish to suggest you some interesting things or
tips. Maybe you can write subsequent articles referring to this article.
I want to learn even more issues approximately it! http://Cars.com/
Comments are closed.