स्मार्ट टेलिकमको खर्चमा प्रचण्ड सिंगापुर भ्रमणमा गएको खुलासा !

0
40
Five cats looking around a field.

काठमाडौं– गत भदोमा प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा गएर गरेको उपचार खर्च राज्यकोषबाट नलिएको सार्वजनिक वक्तव्य दिए । उनको उपचार सिंगापुरजस्तो महँगो देशको महँगो अस्पतालमा निःशुल्क त भएको थिएन । खर्च कसले बेहोर्‍यो भन्ने चर्चा बढ्दै जाँदा यती समूह र एनसेल प्रालिले बेहोरेको तथ्य फेला पर्‍यो ।

यस्तै पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि व्यापारीबाट पैसा लिएर विदेश भ्रमण गर्ने गरेको तथ्य फेलापरेको छ ।

विकिलिक्सले सार्वजनिक गरेको काठमाडौंस्थित अमेरिकी राजदूतावासको एक डिप्लोमेटिक केबलअनुसार नेकपा अध्यक्ष प्रचण्ड स्मार्ट टेलिकमको प्रायोजनमा सिंगापुर गएका थिए । हालका अमेरिकी राजदूत र्‍यान्डी बेरी, नेपालस्थित अमेरिकी दूतावासमा चार्ज डे अफेयर्स हुँदा पठाइएको उक्त केबलमा प्रचण्ड आफ्ना सहयोगी कृष्णबहादुर महरा र व्यापारी दिनेश मानन्धरसँग सिंगापुर गएको र त्यहाँ उपचाररत नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासहित केही भारतीय र चिनियाँ नेताहरूलाई भेटेको उल्लेख छ ।

‘प्रचण्डको सिंगापुर भ्रमणका लागि स्मार्ट टेलिकमले बिजनेस क्लासका टिकट, बीएमडब्लू गाडीको भाडा र फोर सिजन्स होटलको खर्च व्यहोरेको मानन्धरले दूतावासका कर्मचारीलाई बताए,’ डिप्लोम्याटिक केबलमा भनिएको छ । मानन्धरले प्रचण्डसहितका तत्कालीन माओवादीको डेलिगेसनको सिंगापुर भ्रमणका लागि यहाँबाट सबै बन्दोबस्ती मिलाएका थिए ।

‘बिजनेस क्लास’को टिकट, सिंगापुरको पाँचतारे होटलको खर्च र बीएमडब्लूको भाडासहित प्रचण्डसहितको टोलीको सिंगापुरे भ्रमणमा निकै ठूलो खर्च भएको देखिन्छ । यसका लागि स्मार्ट टेलिकमले २०६६ सालमा गरेको प्रायोजनको लागतबापत पछि उसले सस्तो लागतमा लाइसेन्स प्राप्त गरेको खुलेको छ ।

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0