नेप्सेमा २१ अङ्कको वृद्धि

0
23

काठमाडौँ / धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । उकालोको यात्रामा रहेको नेप्सेले नयाँ यात्रा तय गरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज २१.२६ ले बढेर एक हजार ३४६.६४ मा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचकसमेत ४.९९ विन्दुले बढेर २८६.७५ मा पुगेको छ ।

नेप्सेले उकालो यात्रा तय गर्दा कारोवार रकम भने रु दुई अर्ब माथि नाघेको । कूल १७५ कम्पनीका ५३ लाख ४६ हजार ५०८ कित्ता शेयर रु दुई अर्ब सात करोड ७९ लाख ८७ हजार ७९९ मूल्यमा खरीद बिक्री भए । नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लाग्दा १० उपसमूहको शेयर भने बढेको छ । व्यापार ०.६२ र जीवन बीमा १.०९ले घटेको छ ।

यस्तै बैंकिङ २७.०४, होटल ८.६६, विकास बैंक २८.३२, जलविद्युत् ३.०९, वित्त ४.१८, निर्वीवन बीमा १०१.५२, उत्पादन ४७.७८, अन्य ३.१६, लघुवित्त २२.१३ र सामूहिक लगानी कोष ०.०७ ले बढेको छ ।

नेप्सेका अनुसार कारोवारका आधारमा आज सूर्य लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १० करोड ११ लाख चार हजार ९६७ मूल्य बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै, गरिमा विकास लघुवित्त रु नौ करोड ४८ लाख ५८ हजार ३३०, एनआइसि एशिया बैंक रु छ करोड २९ लाख ९५ हजार ६८९, प्रभु बैंक रु छ करोड १९ लाख ९८ हजार १३५, हिमालयन डिस्टिलरी रु छ करोड १४ लाख ५५ हजार २२३ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु छ करोड पाँच लाख ४७ हजार ८६७ मूल्य बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

आज गरिमा विकास लघुवित्त ९.९३, नयाँ नेपाल लघुवित्त ९.८९, मिथिला लघुवित्त वित्तीय संस्था ९.८८, ग्लोबल आइएमई समुन्नत स्किम एक ८.८८, खानीखोला हाइड्रोपावर ७.१४ र कर्पोरेट डेभलपमेन्ट बैंकका शेयरधनीले ७.०९ प्रतिशतले कमाए । त्यस्तै सिनर्जी पावर ४.७१, समता माइक्रोफाइनान्स ४.६३, अरुण काबेली ४, रिडी हाइड्रोपावर ३.७९, गुह्यश्वरी मर्चेन्ट बैंक ३.५९ र युनाइटेड फाइनान्सका लगानीकर्ताले ३.२७ प्रतिशतले गुमाए ।

The post नेप्सेमा २१ अङ्कको वृद्धि appeared first on Purbeli News.

https://www.ujyaalonepalnews.com/archives/1742

Previous articleराजेशपायल राईको ‘हुरुक्कै भएँ म’ सार्वजनिक (भिडियाे सहित)
Next articleएउटा यस्तो नाच, जसले मान्छेको आङमा ‘देउता’ चढाउँछ (भिडियो)