सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता आयोगको नेतृत्व टुंग्याउन तीन नेता छलफलमा

0
34
Five cats looking around a field.

काठमाडौं, ४ माघ । सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता आयोग गठनका लागि सहमति जुटाउन शनिबार पनि प्रधानमन्त्री ओली, प्रचण्ड र शेरबहादुर देउवाको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेतात्रयको बैठक बसेको हो ।

आजै यी दुई आयोगमा नाम सिफारिस गर्न १२ चैत्र २०७५ मा गठन गरिएको सर्वोच्चका पूर्व प्रधानन्यायधीश ओमप्रकश मिश्रको संयोजकत्वमा सिफारिस समितिको बैठक बस्दैछ ।

समितिले राजनीतिक सहमति पर्खेर बसेकाले आज(सनिबार) वालुवाटरको ओली, प्रचण्ड र देउवाको छलफलले नाम सिफारिस गर्दैछ ।

स्रोतका अनुसार सत्य निरुपणमा गणशेदत्त भट्टको नाम सिफारिस गर्न दलहरुले सिफारिस समितिलाई आग्रह गर्दैछन् । उनीलाई कांग्रेसले अध्यक्षको लागि सिफारिस गरेको हो ।

शुक्रबारको बैठकमा नेकपाले ३ र कांग्रेसले १ समिति सदस्य लिनेकी दुवै पार्टीले २÷२ जना लिने भन्नेमा कुरा मिलेको थिएन ।

शनिबारको बैठकमा यो विषयमा सहमति जुटाएर नाम टुग्याउने तयारी छ।

The post सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता आयोगको नेतृत्व टुंग्याउन तीन नेता छलफलमा appeared first on Koshi Online.

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0