एमसीसीबारे छिट्टै निर्णय हुन्छ : प्रवक्ता श्रेष्ठ

0
29
Five cats looking around a field.

गलेश्वर, ४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे पार्टीले छिट्टै आवश्यक निर्णय लिने बताएका छन् ।

प्रेस सङ्गठन म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमसीसीलाई संसद्बाट पारित गराउने विषयमा सत्तारुढ दल नेकपाभित्रै विवाद उत्पन्न भइरहेको सन्दर्भमा राष्ट्रियहितलाई केन्द्रमा राखेर निर्णय गरिने बताए ।

नेपालको विद्युत् प्रशारणलाइन र सडक स्तरोन्नतिका लागि अमेरिकाले घोषणा गरेको सहयोग प्रस्ताव एमसीसीका विषयमा भइरहेको विवादका विषयमा उनले धारणा राखेका हुन् ।

“पार्टीको सचिवालय बैठकले राष्ट्रिय स्वाधीनता र विकासलाई ध्यान दिएर यथार्थपूर्वक ढङ्गबाट एमसीसी प्रस्तावबारे आवश्यक निकास निकाल्ने छ”, प्रवक्ता श्रेष्ठले भने ।

अब बस्ने सचिवालय बैठकले यसलाई टुंगोमा पुर्याउने बताए ।

सभामुख चयनबारे देखिएको अन्यौलताले छिट्टै निकास पाउने उनले बताए ।

वर्तमान सरकारले मुलुकमा हुँदै आएका र भएका बेतिथि तथा गलत कार्यको छानबिन गरी बास्तविकता बाहिर ल्याउने काम गरेको उनको भनाइ छ ।

The post एमसीसीबारे छिट्टै निर्णय हुन्छ : प्रवक्ता श्रेष्ठ appeared first on Koshi Online.

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0