पक्राउ परेका चिनियाँ नागरिक फिर्ता गर्दा कम्युनिस्ट सरकारलाई आपत, आज सर्वोच्चमा सुनुवाई

0
25

काठमाडौं– पक्राउ परेका १२२ चिनियाँ नागरिकलाई बिना कारबाही चीन फिर्ता गरिएपछि केपी ओली नेतृत्वको कम्युनिष्ट सरकार विरुद्ध सर्वोच्चमा मुद्धा परेको छ । अधिवक्ता हरिचन्द्र तिमल्सेनाले बिना अभियोग चिनियाँ नागरिकलाई पक्राउ गरी चीन फिर्ता गरेको भन्दै सरकार विरुद्ध सर्वोच्चमा मुद्दा हालेका हुन् । पक्राउ परेका चिनियाँ नागरिकमाथि कुनै अभियोग नलगाइएको तिमल्सेनाले बताए ।

नेपाल र चीनबीच सुपुदर्ग सन्धी नभएको अवस्थामा यसरी पक्राउ परेकाहरुलाई फिर्ता गर्न नमिल्ने तिमल्सेनाको भनाइ छ । बताउँछन् । नेपाल र चीनबीच गत अशोज २६ गते फौजदारी विषयमा पारस्परिक कानुनी सहायता सम्बन्धी सन्धी भएकाले त्यसैको आधारमा पक्राउ परेकाहरुलाई फिर्ता गरिएको हुनसक्ने उनको आशंका छ । उनले हालेको मुद्धाको सुनुवाई आज हुँदैछ । ।

इञ्जिनीयर्स एसोसियसनको केन्द्रीय नेतृत्वमा लोकतान्त्रिक समूह निर्वाचित

Previous articleनेप्से २.४९ ले बढ्दा कारोवार डेढ अर्बमाथि
Next articleघुसखोरी सिडियो विरुद्ध एकैदिन पाँच मुद्धा दायर, के–के छन् आरोप