सशस्त्र प्रहरीको एपीएफ र त्रिभुवन आर्मी क्लब पाँचौँ आरबीबी एनभीए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन्।

काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा भएको खेलमा महिलातर्फ एपीएफले भरतपुर भरतपुर मेट्रो खेलकुद परिषद्लाई ३–० को सोझो सेटमा पाखा लगाउँदै अन्तिम ४ मा स्थान बनाएको हो। एपीएफले भरतपुरलाई २५–११, २५–१२ र २५–१६ ले पाखा लगायो।
समूह ‘ए’मा रहेको एपीएफको ६ र आर्मीको ३ अंक छ। आर्मीले भने जावलाखेल भलिवल ट्रेनिङ सेन्टरलाई २५–११, २५–५ र २५–११ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो। समुह विजेताका लागि एपीएफ र आर्मी भिड्नेछन्।

यस्तै पुरुषतर्फ समूह ‘डी’मा रहेको हेल्प नेपाल स्र्पोर्टस् क्लवले पहिलो जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ। हेल्प नेपालले बुद्धटोल युवा भलिबल क्लबलाई २५–१०, २५–१५ र २५–११ ले पाखा लगाएको हो। यो समुहमा २ टोली मात्र रहेकाले हारका बाबजुद पनि बुद्धटोल युवा क्लवपनि अन्तिम ८ मा पुगेको छ।