इटहरी / गित संगितका माध्यमले थारू कला, संस्कृती र परम्परा संरक्षण गर्न महत्वपुर्ण याेगदान दिएकाे भन्दै पुर्वका थारू कलाकारहरू सम्मानीत भएका छन् । थारु सांस्कृतिक कला मञ्चले एक कार्यक्रमवीच पुर्वका सातजना थारु कलाकारहरुलाई सम्मान गरेको हो । उनीहरूलाइ कलाकारिता क्षेत्रकाे बिभिन्न विधामा सम्मान गरिएकाे हाे ।
मोरङको ग्रामथान–३ रङटोली स्थित लक्ष्मी आधारभुत विद्यालय प्रारङगमा पुर्वका सातजना थारु कलाकारहरुलाई सम्मान गरेको हो । सम्मानीत हुने हरूमा उत्कृष्ट गायक-गायिकामा राजेन्द्र खाँ र गीता चौधरी, उत्कृष्ट नायक-नायिका तर्फ राजेन्द्र भगत र कौशल चौधरी र उत्कृष्ट खलनायककाे रूपमा अजय सरदार लाइ सम्मान गरिएकाे छ । त्यस्तै नृत्य निर्देशकनका लगि दर्बीलाल सरदार र नवप्रतिभा गीतकारमा कृष्ण चौधरी लाइ सम्मान गरिएकाे थारु कल्याणकारीणी सभा मोरङका अध्यक्ष प्रदिप भगतले जानकारी दिनुभयाे । उनीहरूलाइ थारु सांस्कृति कला अर्वाड–२०७६ बाट सम्मानीत गरिएकाे थियाे ।

कलाकारहरु राष्ट्रका गहना हुन् । कला कलाकारिताकाे सम्मान सबैले गर्नु पर्छ भन्दै यस्ता किसिमका सम्मान कार्यक्रम लाइ निरन्तरता दिदै अागामी दिनहरूमा कलाकारलाई सम्मान गर्दै लैजाने कार्यक्रम संयोजक तथा गायक प्रवलदीप विश्वासले जानकारी बताए ।

कार्यक्रमका प्रमुख अतिथि मोरङ क्षेत्र–४ प्रतिनिधि सभा सदस्य अमनलाल मोदी, विशिष्ट अतिथि पुर्व एसपी विद्यानन्द माझी, थारु कल्याणकारीणी सभा मोरङका अध्यक्ष प्रदिप भगत लगायतले थारु सांस्कृति कला अर्वाड–२०७६ बाट कलाकारहरुलाई यही माघ १ गते सम्मानित गरेका थिए ।
The post पुर्वका ७ जना थारु कलाकार अवार्ड द्वारा सम्मानित appeared first on Purbeli News.