विराटनगर, ५ माघ । सरकार गठन भएको दुई वर्षपछि पहिलो पटक एक नम्बर प्रदेश सरकार बिस्तार हुनेभएको छ ।
मुख्यमन्त्री शेरधन राईले दुई वर्षसम्म मन्त्री नियुक्त्त नभएका दुई मन्त्रालय खाली नै राखेर चार जना राज्यमन्त्री नियुक्त्त गरेर सरकार बिस्तार गर्न लागेका हुन् ।

मन्त्रालय स्रोतका अनुसार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ओखलढुंगाका अम्बिर गुरुङ, इलामका राम राना, झापाकी जसमाया गजमेर र मोरङका विजय विश्वासलाई राज्यमन्त्री नियुक्त गर्न लागेका हुन् ।
नवनियूक्त राज्यमन्त्रीले आज आइतबार दिउँसो ३ बजे प्रमुखबाट सपथग्रहण गर्दैछन् । नियक्त्त हुने चार राज्य मन्त्री मध्ये बिजय बिश्वास पूर्व माओबादी हुन भने अन्य तीन जना पुर्व एमाले हुन ।

नवनियुक्त्त चार राज्यमन्त्री मध्ये जसमाया गजमेरलाई सामाजिक विकास, अम्बिर गुरुङलाई भौतिक पूर्वाधार, राम रानालाइ भूमि कृषि तथा सहकारी र बिजय बिश्वासलाई उद्योग बन पर्यटन तथा वतावरण मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेकाे मन्त्रालय स्राेत बताउँछ ।
एक नम्बर प्रदेशमा सात वटा मन्त्रालय छन् । भौतिक योजना तथा पुर्वाधार विकास र भूमी, कृषि तथा सहकारी मन्त्रालय मुख्यमन्त्री शेरधन राई आफैले हेर्दै आएका छन् ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की, समाजिक बिकास मन्त्री जीवन घिमिरे , उद्योग बन मन्त्री जगदिश कुसैत र अर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबो मन्त्री छन । प्रदेश सरकारका फुल चार मन्त्री मध्ये आङबो मात्र पूर्व माओबादीका हुन् ।

The post दुई वर्षपछि बिस्तार हुँदै एक नम्बर प्रदेश सरकार, चार राज्यमन्त्रीको सपथग्रहण आज appeared first on Koshi Online.