डा. शिवमाया तुम्बाहाम्फेले प्रधानमन्त्री ओलीलाई सोधिन् अन्तिम प्रश्न !

0
33
Five cats looking around a field.

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले नेता अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गर्दा उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने पुरानै कोसिस जारी राखेको छ ।

उपसभामुख तुम्बाहाम्फेले भने राजीनामा नदिने अडान लिँदै आएकी छन् । यही सन्दर्भमा आईतबार दिउँसो समेत उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाएर राजीनामा दिन आग्रह गरे ।

प्रधानमन्त्री ओलीले पार्टी एकीकरणको मनोविज्ञान र शक्ति सन्तुलनलाई ध्यान दिएर पूर्व माओवादीबाट अग्नि सापकोटालाई सभामुख बनाउन लागिएको जानकारी गराउँदा उपसभामुख तुम्बाहाम्फेले ओलीलाई अन्तिम प्रश्न गरिन् । उनले सोधिन्, ‘उपसभामुखबाट राजीनामा दिनुपर्ने मेरो गल्ती के हो ?’

यसअघि समेत तुम्बाहाम्फेले नेकपा सचिवालयको निर्णय नमान्ने र उपसभामुखमाथि दलको ह्वीप नलाग्ने अडान लिँदै आएकी हुन् । उनले सभामुख पद आफैंले पाउनुपर्ने कडा माग राखेकी छन् ।

आईतबारको भेटमा पनि उपसभामुखले तत्कालीन सभामुख कृष्णबहादुर महराले गरेको गल्तीको भागिदार आफूलाई बनाउन नमिल्ने अडान लिइन् । सभामुखमा अडान कायमै राख्दै तुम्बाहाम्फेले भोलि सोमबार राजीनामा दिने भएकी छन् ।

आईतबार बिहान बालुवाटारमा नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अग्नि सापकोटालाई सभामुख बनाउने विषयमा सहमति जुटेको छ । नेकपा सचिवालय बैठकले सर्वसम्मतरुपमा सापकोटालाई सभामुख बनाउने निर्णय गरेको छ ।

सभामुख चयनबारे छलफल गर्न सोमबार बिहान नेकपा संसदीय दलको बैठक बोलाइएको छ । दलको बैठकपछि बस्ने प्रतिनिधिसभा बैठकमा उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिने र ज्येष्ठ सदस्यले सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाउने तयारी रहेको छ ।

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0