सुनकाे मूल्य घट्ने क्रम जारी

0
20

काठमाडौं / नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । केही महिनायता उतार चढावको अवस्थामा रहेको छापावाल सुनको मूल्य बुधबार ७५ हजार २०० रुपैयाँ प्रतितोलामा कारोबार भएको हो । यसअघि मंगलबार तोलामा ७६ हजार रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छापावाल सुन बुधबार रु ८०० घटेको हो ।

यस्तै तेजावी सुन तोलामा ७४ हजार ९०० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ । यता बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार ८८० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको चाँदी बुधबार ८७५ रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

The post सुनकाे मूल्य घट्ने क्रम जारी appeared first on Purbeli News.

भन्सार छलीको डेढ करोडको सामानसहित दुई वटा ट्रक नियन्त्रणमा

Previous articleटर्कीमा हिम पहिरो जाँदा २३ जनाको मृत्यु
Next articleजब राष्ट्रपति ट्रम्पको भाषणको प्रति सभामुखले रोष्ट्रममा नै च्यातिदिइन्…