चीनमा दुई दिनमै कोरोना भाइरसका १३९ नयाँ बिरामी, प्रकोप फैलिने डर

0
129
Five cats looking around a field.

पछिल्लो दुई दिनमा चीनमा रहस्यमय कोरोना भाइरसका थप १ सय ३९ बिरामी देखा परेका छन्। सोमबारसम्ममा यो रोगबाट ३ जनाको ज्यान गइसकेको अधिकारीहरले पुष्टि गरेका छन्। 

वुहान, बेइजिङ र सेन्झेनमा नयाँ बिरामी देखिएको बताइएको छ।

स्वासप्रस्वाससम्बन्धी यो रोगले महामारीको रुप लिने भय देखिएको छ।

पहिलो पटक वुहानमा देखिएको यो भाइरसका बिरामी जापान र थाइल्यान्डमा पनि भेटिएका छन्।

चीनमा पढेर काठमाडाँै फर्केका एक विद्यार्थीलाई पनि गतसाता यो भाइरस लागेको आशंकापछि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा चार दिन निगरानीमा राखेर डिस्चार्ज गरिएको थियो।

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0