पाराग्वेमा जेलबाट ७५ कैदी फरार, जेलरले नै छाडिदिएको आशंका

0
119
Five cats looking around a field.

दक्षिण अमेरिकी मुलुक पाराग्वेको एक जेलबाट आइतबार ७५ कैदी फरार भएका छन्।

पूर्वी भेगस्थित ब्राजिलको सीमानजिक रहेको पेद्रो हुआँ क्याबालेरो सहरको जेलमा एउटा सुरुङ फेला परेको छ। तर, जेलका अधिकारीहरुले सबै कैदीलाई मूलढोकाबाटै जान दिएको आशंका गरिएको छ।
यो घटनाबारे छानबिन हुने जनाइएको छ।

भागेका कैदीमध्ये अधिकांश ब्रजिलको ‘फर्स्ट कमान्ड अफ द क्यापिटल’ नामक आपराधिक समूहका सदस्य छन्।

यो समूहका ३० हजार सदस्य रहेको अनुमान गरिन्छ।

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0