चितवनमा ख तराको घ न्टी; २ डाक्टर सहित २३ जनामा एकैदिन देखियो कोरोना

0
841

चितवनमा ख तराको घ न्टी; २ डाक्टर सहित २ जनामा एकैदिन देखियो कोरोना

 

चितवनमा २३ जना कोरोना संक्रमित फेला परेका छन् । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा शुक्रवार र शनिवार आएका ३ सय १० वटा नमुना परीक्षण गर्दा २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । भरतपुर अस्पतालले दिएको जानकारी अनुसार यी मध्ये १७ जना चितवनका हुन् । त्यस्तै पाँच जना नवलपुर र एक जना धादिङ्का व्यक्ति रहेको भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट श्रीराम तिवारीले जानकारी दिए ।

कोरोना संक्रमित मध्ये २ जना स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको छ । यस्तै निजि अस्पतालमा काम गर्ने १७ र २४ बर्षिय पुरुषमा पनि कोरोना पुष्टिभएको तिवारीले जानकारी दिए ।  पोजिटिभ देखिएकामध्ये भरतपुर–३ का ६८ वर्षीय पुरुषको अवस्था जटिल छ । उनको भरतपुरको नारायणी सामुदायिक अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।
त्यस्तै दुई जना कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरमा उपचाररत बिरामी हुन् ।

उनीहरु २५ वर्षका पुरुष र ६६ वर्षीया महिला रहेको डा। तिवारीले जानकारी दिए । उनीहरु चितवनकै हुन् वा बाहिरको भन्ने एकिन जानकारी भरतपुर अस्पतालले खुलाइसकेको छैन । पोजिटिभ देखिएकामध्ये माडी नगरपालिकाका विभिन्न क्वारेन्टिनमा बसेका ६ जना छन् । उनीहरु सबै हालै भारतबाट आएका थिए । उनीहरुमध्ये १४ वर्षीया किशोरी छन् भने बाँकी ४६, २४, ४२, २० र २८ वर्षीय पुरुष छन् ।

भरतपुर महानगरपालिकाका ५ जना छन् । उनीहरुमध्ये भरतपुर–६ र २१ नम्बरका २ महिला र २ पुरुष हुन् । त्यस्तै भरतपुर–४ की २१ वर्षीया महिला हुन् । नवलपरासी सुस्ता पूर्वका ५ जना छन् । जसमध्ये ६३ वर्षका महिला तथा ३३, ३९, ४० र २१ वर्षका ४ जना पुरुष रहेका छन् । राजविराज–९ का एकजना महिला हाल बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत छन् ।

उनी ६२ वर्षकी छन् । त्यस्तै गजुरी गाउँपालिका वडा नम्बर ५ की ३२ वर्षीया महिलामा पनि कोरोना पोजिटिभ देखिएको छ । चितवनमा पहिलोपटक एकै दिन २३ जनामा कोरोना देखिएको हो । स्वास्थ्यकर्मीमा पनि कोराना देखिएको पहिलोपटक हो ।

अपडेट:

भरतपुर अस्पतालले भर्खरै दिएको सुचना अनुसार चितवनमा फेरी ७ जनामा कोरोना संक्रमण देखिएको छ ! जस अनुसार पहिला का २३ र थपिएको ७ गरि संक्रमितको संख्या ३० पुगेको छ ! थपिएकाहरु सबै भरतपुर महानगरपालिका का हुन ! 

 

तपाईको प्रतिक्रिया