‘राजा महेन्द्र सहेन्द्र चिन्दिन, बिना पासवर्ड भित्र जाने अनुमति छैन’ भन्ने सिपाहीको बढुवा

0
23

बाबुराम पाैडेल- सम्बत २०२५ सालमा पश्चिम नेपालकाे बैतडी बझाङतिर बाढी पहीराेले थुप्रै धन, जन,पशु चाैपायाकाे क्षति भएछ । राजा महेन्द्र बाढीपहिराे राहत-उद्धारका काम निरीक्षण गर्न बैतडी पुगे । सेनाकाे ब्यारेकभित्र बास बसेका राजा एक बिहान चार बजे नै मर्निङ् वाकका लागि पिएसओबिना ब्यारेक बाहिर निस्किए । राजा एक डेढ घण्टापछि मर्निङ् वाकबाट फर्किएर ब्यारेकमा पस्न खाेज्दा गेटमा बसेकाे सेक्यूरिटी गार्डले ‘पासवर्ड’ माग्याे ।

राजाले जानी जानी ‘पासवर्ड’ थाहा छैन भनेर आफू ‘राजा महेन्द्र’ भएकाे परिचय दिएर ब्यारेकभित्र जान दिन अनुराेध गरे । गार्डले ‘म राजा महेन्द्र सहेन्द्र चिन्दिन, बिना पासवर्ड भित्र जाने अनुमति छैन’ भन्याे । गेटमा भैरहेकाे याे गलफत्ति एकजना सुबेदारले देखेछन् । सुबेदारले राजालाई चिनी हाले । ‘लाै बर्बाद भयाे, सिपाहीले राजालाई राेक्याे’ भन्ने बुझेर सुबेदार कुदेर गेटमा पुगे । राजालाई सलाम गरेर आफुले मेजरबाट प्रबेश अनुमति ल्याउने ब्यहाेरा जाहेर गरे ।

मेजरसंग गएर उनले गेटमा भएकाे बिवरण जाहेर गर्नासाथ मेजरकाे साताे गएर हस्याङ् फस्याङ् गर्दै गेटमा पुगेछन् । मेजरकाे आदेश पछि गार्डले बल्ल राजालाई भित्र जान दिएछ । राजा ब्यारेकबाहिर निस्कँदा बसेकाे गार्ड बदली भएर गुरुङ्ग थरकाे सिपाही गार्ड बसेकाे रहेछ । आठ बजेतिर राजाले चिया नास्ता खाईसके पछि मेजरसहित बिहान गेटमा बस्ने गार्डलाई बाेलाउन पठाए । मेजरकाे फेरि साताे गएर अब चाहिँ आफ्नै जागीर नरहने पक्का ठानेछन् ।

राजाकाे अगाडि गाेडा कमाउँदै खडा भएमा मेजर र त्याे गार्डकाे हालत चिन्ताजनक देखेर राजा मुसुक्क गर्दै गार्डकाे नाम थर घर साेधे रे । मेजरलाई आदेश दिंदै राजाले भनेछन् कि ‘सैनिक कानून अनुसार तिम्राे अधिकार भए तिमीले दिनु, नभए माथिल्लाे निकायबाट याे सिपाहीकाे बढुवा पत्र आजै मगाउनु ।’

(याे कथ्य म आफु सुरक्षा निकायमा कार्यरत रहँदा सेनाकै अधिकृतबाट प्रशंगबस सुनेकाे हाे)

https://www.ujyaalonepalnews.com/archives/24236

Previous articleपत्रकार सिंजालीको उपचारको लागि पूर्वि चितवन पत्रकार मञ्चको आर्थिक सहयोग
Next articleमलेशियामा ह’त्या अभियोगमा मृत्यु-दण्ड पाएका सुरजको ज्यान जोगियो