यसरी गरेका रहेछन डिएसपीले युवतीमाथि बलात्कार

0
24

काठमाडौं– २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पूर्वडिएसपी राजकुमार खिउजूविरूद्ध प्रहरीमा उजुरी परेको छ। ती युवतीले बुधबार ललितपुर महानगरीय प्रहरी परिसर जावलाखेलमा पूर्वडिएसपी खिउजूविरूद्ध निवेदन दिएकी हुन्। ती युवतीले उजुरी दिएपछि खिउजू विरुद्ध पक्राउ पुर्जी समेत जारी भइसकेको छ। जिल्ला अदालत ललितपुरले पक्राउ पूर्जी जारी गरेको हो।बलात्कार आरोप लागेपछि खिउजु फरार छन्।

एक वर्षअघि चापागाउँस्थित प्रहरी कार्यालयमा प्रहरी रिपोर्ट बनाउन जाँदा आफूलाई खिउजूले बलात्कार गरेको निवेदनमा उल्लेख छ। त्यसपछि ६ महिनासम्म निरन्तर खिउजूबाट बलात्कारमा परेको पनि ती युवतीले निवेदनमा लेखेकी छन्।

कसरी परिन बलात्कारमा

ती युवती ललितपुरको एक गाउँबाट सहर आएकी थिइन्। परिवारबाट टाढा बसेर सहर आउन त आइन् तर काम पाइहालेकी थिइनन्।

उनले कतैबाट महाराजगञ्जस्थित एक संस्थाले सेक्युरिटी गार्डको लागि मान्छे मागेको छ भन्ने कुरा सुनिन्। सोध्दै खोज्दै त्यहाँ पुग्दा ‘प्रहरी रिपोर्ट लिएर आउन’ भन्यो।

२०७५ साल मंसिर ३० गते महानगरीय प्रहरी वृत्त, चापागाउँको प्रहरी कार्यालयमा रिपोर्ट बनाउन उनी पुगेकी थिइन्।

त्यहाँ उनको भेट डिएसपी राजकुमार खिउजूसँग भयो। डिएसपी खिउजूले उनलाई चिया खाएर जान प्रस्ताव राखे। उनी एकछिन अलमलिइन्।

एक प्रहरीले चिया लिएर आएपछि खिउजू पनि सँगसँगै आइपुगे। बर्दीमै रहेका डिएसपी खिउजूले ढोकाको चुकुल लगाए। उनलाई निकै डर लाग्यो।

उनले किन ढोका लगाएको भन्न नपाउँदै खिउजू युवतीमाथि जाइलागे। र बालात्कार गरे । बलात्कार गरेपछि खिउजूले आफूलाई धम्क्याएको युवतीले बताइन्। आफूले सबै कुराको भिडिओ खिचेको र कसैलाई भने सार्वजनिक गरिदिने धम्की दिए।

त्यसपछि खिउजू आफैंले गाडीमा राखेर उनी बस्ने घरसम्म पुर्‍याए। खिउजू त्यतिमै रोकिएनन्। त्यस दिनदेखि उनी बिहान बेलुकै ती युवतीको कोठामा पुग्न थाले। करिब ६ महिनासम्म खिउजुले बलात्कार गरिररहेको ती युवतीको भनाइ छ ।

रत्ननगर १५ बाट आशिक तामांगले गरे मनोनयन दर्ता ( फोटोफिचर )

Previous articleनेकपाले ३६ देशमा प्रवास संगठनको एकता टुंग्यायो (सूचीसहित)
Next articleभीरबाट खसेर एकको ज्यान गयो