सुनको मूल्य बढ्यो

0
22

काठमाडौँ / दुई दिन स्थिर रहेको सुनको मूल्य साताको अन्तिम दिन सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको छ ।

महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला रु ७५ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार ३०० तोकेको छ । बुधबार र बिहीबार छापावाला सुन प्रतितोला रु ७५ हजार २०० र तेजाबी सुन प्रतितोला रु ७४ हजार ९०० मा खरिद बिक्री भएको थियो । यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । चाँदी प्रतितोला रु १० ले बढेर रु ८८५ पुगेको छ ।

The post सुनको मूल्य बढ्यो appeared first on Purbeli News.

राष्ट्र बैङ्कले सेवा सुरु गरेको ६६ वर्ष पुरा

Previous articleनेकपाले ३६ देशमा प्रवास संगठनको एकता टुंग्यायो (सूचीसहित)
Next articleभीरबाट खसेर एकको ज्यान गयो