राउटे समुदायका जेष्ठ सदस्य कर्णबहादुर शाहीको निधन

0
39

दैलेख- लोपोन्मुख राउटे समुदायका ज्येष्ठ मानिएका कर्णबहादुर शाहीको निधन भएको छ । ९४ वर्षीय कर्णबहादुर शाहीको निधन भएको हो ।

फिरन्ते जीवन विताउँदै आएका राउटे समुदायहरुले अहिले दैलेखको भैरबी गाउँपालिका–१ दारेघाटमा बसोवास गर्दै आएको छन् । दारेघाटमै उहाँको मृत्यु भएको राउटे परियोजनाका सहजकर्ता लालबहादुर खत्रीले जानकारी दिएका छन् । राउटेको आफ्नै संस्कार अनुसार शाहीको शवलाई चिहानमा गाडिएको छ ।

जेष्ठ सदस्यको मृत्युपछि राउटे समुदायमा बालबालिका, युवा र बृद्ध गरेर एक सय ४१ जना मात्र रहेका छन् । दैलेख सुर्खेत सल्यान लगायतका जिल्लाहरुमा धेरैजसो बसोवास गर्ने यो समुदायलाई २०६३ सालदेखि सहजताका लागि सबैलाई सामाजिक सुरक्षा भत्ता बितरण कार्य सुरु गरिएको थियो ।

दैलेखको गुराँस गाउँपालिकाले उनीहरुको बस्ती सरेकै ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ । पछिल्ला दिनहरुमा अत्याधिक मदिरा सेवनका कारण राउटे समुदायहरु एकपछि अर्को गर्दै समस्यामा पर्दै आएका छन् । उनिहरुलाई पुरानै रहनसहनमा छोड्नुपर्ने आवाज उठ्दै आएको छ ।

https://www.ujyaalonepalnews.com/archives/28015

Previous articleकाठेपुलको सहारा: जोखिमपूर्ण यात्रा
Next articleचिनियाँ र नेपाली मिलेर अवैध कल बाइपास, तीन हजार सात सय सिम बरामद